मनोहराको सुकुमवासी बस्ती भत्काउन पुग्यो डोजरसहितको सुरक्षा टोली

94 Shares

काठमाडौं । भक्तपुरको मनोहरास्थित सुकुमवासी बस्ती भत्काउन डोजरसहित सुरक्षाकर्मीहरु पुगेका छन् । हिजो भत्काउने प्रयास गर्दा स्थानीय विरोधमा उत्रिएका थिए । स्थानीयले ढुंगामुढा गरेपछि केही सुरक्षाकर्मी समेत घाइते भएका थिए ।
त्यसपछि फर्किएको डोजरसहितको टोली आज बिहानै पुनः मनोहरा क्षेत्रमा पुगेको छ । सुकुमवासी बस्ती वरपर बाक्लो संख्यामा सुरक्षाकर्मी खटाइएको छ ।
शनिबार काठमाडौं महानगरपालिकाले थापाथली र गैह्रीगाउँको सुकुमवासी बस्तीमा डोजलर लगाएको थियो । आज मनोहराको सुकुमवासी बस्ती हटाउने योजनामा छ ।

सम्बन्धित समाचार