वन्यजन्तु पर्यटन प्रवर्द्धन गर्न चितवनमा ‘सफारी मार्ट’ को शुरूवात

935 Shares

चिवतन – नेपाल पर्यटन बोर्डले चितवनको मेघौलीमा ‘सफारी मार्ट’को औपचारिक शरूवात गरेको छ । नेपाल पर्यटन बोर्ड, पालिका तथा पर्यटन व्यवसायीहरूको सहकार्यमा आयोजना गरेको पहिलो ‘वाइल्ड नेपाल सफारी मार्ट २०२६’ को उद्घाटन गरिएको हो ।

उद्घाटन कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले यस कार्यक्रमलाई नेपालको वन्यजन्तु पर्यटनलाई विश्व मञ्चमा पुर्‍याउने महत्त्वपूर्ण अवसरका रूपमा व्याख्या गर्नुभयो । मार्टमा हुने छलफलहरूले लगानी, सहकार्य र नेपालको विशिष्ट वन्यजन्तु पर्यटन उत्पादन प्रवद्र्धनका नयाँ अवसरहरू खोल्ने उहाँको भनाइ छ ।

कार्यक्रममा भरतपुर महानगरपालिकाका कार्यवाहक मेयर चित्रसेन अधिकारीले चितवन र मेघौलीलाई विश्वस्तरीय वन्यजन्तु पर्यटन केन्द्रका रूपमा विकास गर्न तयार रहेको बताउनुभयो । उहाँले पालिकाको भूमिका दिगो पर्यटन पूर्वाधार र समुदाय सहभागितामा महत्त्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।

सम्बन्धित समाचार