सरोकार समितिले भन्यो- विपद् र साइबर बुलिङबारे गृहमन्त्रीसँग छलफल गर्छौँ

964 Shares

काठमाडौं– राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले विपद् व्यवस्थापन र किशोरीहरूमाथिको साइबर बुलिङकोबारेमा गृहमन्त्रीसँग छलफल गर्ने भएको छ ।

सिंहदरबारमा सोमबार बसेको समिति बैठकले आगामी वैशाख १० गते मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजनाका साथै किशोरीहरूमाथिको साइबर बुलिङका घटनाका विषयमा गृहमन्त्रीसँग छलफल गर्ने निर्णय गरेको हो । 

त्यसलगतै किसानहरूको समस्याको सन्दर्भमा समेत छलफल गरिने समिति सभापति जयन्तीदेवी राईले जानकारी दिइन् । उनले तहगत संरचनाको विषयमा छलफलका लागि कार्ययोजना बनाइरहेको बताइन् । 

त्यस्तै समिति बैठकले समिति अन्तर्गतका विभिन्न तीन वटा उपसमितिहरूको पुनर्गठन गर्ने निर्णय गरेको छ । संघीयता सबलीकरण उपसमिति, अन्तर्राष्ट्रिय सम्बन्ध र राष्ट्रिय सुरक्षा उपसमिति र सामाजिक न्याय उपसमितिको पुनर्गठन गरिएको सभापति राईले बताइन् । 

समितिको कार्यक्षेत्र अन्तर्गत स्थलगत अध्ययन अनुगमनका लागि उपसमितिहरूलाई समेत क्रियाशील बनाइने उनको भनाइ छ ।

सम्बन्धित समाचार