ललितपुरमा रातो मच्छिन्द्रनाथको रथारोहण

413 Shares

काठमाण्डौ - ऐतिहासिक तथा सांस्कृतिक रूपमा ललितपुरमा मनाउँदै आएको रातो मच्छिन्द्रनाथको रथारोहण भएको छ । 

वर्षा र सहकालको देवताका रूपमा हरेक वर्ष मनाइने यस जात्राअनुसार यस वर्ष पनि तिथिअनुसार हिजो रथारोहण गरिएको हो । गुठी संस्थानका अनुसार रथ निर्माण सम्पन्न भएसँगै मच्छिन्द्रबहालबाट रातो मच्छिन्द्रनाथको मूर्ति पुलचोक पुर्‍याई पूजा गरी रथमा विराजमान गराइएको हो । 

रथ निर्माणसँग सम्बन्धित बाराही नाइके प्रेम महर्जनका अनुसार विधिपूर्वक पूजा सम्पन्न गरी रथारोहण गरिएको हो । 

तिथिअनुसार यही वैशाख ८ गते पर्सि बेलुका पुलचोकबाट रथ तानेर गाबहालतर्फ तानिनेछ ।

सम्बन्धित समाचार