काठमाडौं । त्रिशुल फुड्स प्रा.लि.द्वारा उत्पादित जस्मिन मसलाले चौथो पटक ‘लक्की ड्र’द्वारा विभिन्न व्यापारीहरुलाई पुरस्कृत गरेको छ ।
काठमाडौंको तिनकुनेस्थित मण्डला व्याङ्क्वेटमा त्रिशुल फुड्स प्रा.लि. ले दशैं तिहार त्रिपल धमाका २०८२ अन्तर्गतको चौथो ‘लक्की ड्र’ कार्यक्रम आज बैशाख ५ गते शनिबार सम्पन्न गरेको हो ।

सो ‘लक्की ड्र’ मा व्यापारीहरुलाई झण्डै चार लाख रकम बराबरको विभिन्न सामाग्रीहरु ‘लक्की ड्र’मार्फत वितरण गरिएको थियो ।
सो ‘लक्की ड्र’ मा प्रथम भिडियोकोन एलइडी ४३ इन्चको टेलिभिजनद्वारा एक जनाई पुरस्कृत गरिएको थियो भने दोस्रो पुरस्कार भिडियोकोन फ्रिज दुई जनाई, तृतीय पुरस्कार मिक्चर ५ जनालाई, चौथो पुरस्कार स्ट्याण्ड फाइन २५ जनालाई र सान्त्वना पुरस्कार ट्राभल ब्याग ५० जनालाई वितरण गरिएको थियो ।
सो ‘लक्की ड्र’ कार्यक्रममा त्रिशुल फुड्स प्रा.लि.का म्यानेजिङ डाइरेक्टर राजाराम खरेल, सेल्स म्यानेजरहरु कन्चन कुमार मिश्र र मदन कुमार श्रेष्ठ, सेल्स अफिसर पवित्रा थापालगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

सो कार्यक्रममा झण्डै चार सय भन्दा बढी होलसेल तथा खुद्रा व्यापारीहरुको उपस्थिति रहेको थियो । १५ वर्षदेखि निरन्तररुपमा संचालन हुँदै आएको त्रिशुल फुड्स प्रा.लि.ले यस्तै ‘लक्की ड्र’ कार्यक्रम पहिलो सुर्खेतमा गरेको थियो भने दोस्रो पोखरा, तेस्रो इटहरीमा गरेको थियो ।

नेपाल अधिराज्यभरिका डिलर, होलसेल र खुद्रा व्यापारीहरु र शुभचिन्तकको जमघट गराई यस्तै नयाँ—नयाँ कार्यक्रमहरु गर्दै जाने उद्देश्यका साथ यस ‘लक्की ड्र’ कार्यक्रम गर्दै आइरहेको सेल्स म्यानेजर मदन कुमार श्रेष्ठले जानकारी गराए ।
सितादेवी सापकोटा