सुनको भाउ आज तोलामा ७ हजार ४०० सय रुपैयाँले बढ्यो

1k Shares

काठमाण्डौ - आज पनि सुनचाँदीको भाउ बढेको छ । सुन आज तोलामा सात हजार ४०० र चाँदी १०० रुपैयाँले बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा दुई लाख ९७ हजार ६०० र चाँदीको चार हजार ९४५ रुपैयाँ पुगेको छ । 

यसअघि हिजो सुनको भाउ तोलाको दुई लाख ९० हजार २०० र चाँदी तोलाको चार हजार ८४५ रुपैयाँ थियो । हिजो पनि सुनचाँदीको भाउ बढेको थियो । 

सम्बन्धित समाचार