आजदेखि मौसममा केही सुधार, हल्का वर्षा र हिमपातको सम्भावना भने कायमै

1.3k Shares

काठमाण्डौ - आजदेखि मौसममा केही सुधार भएको छ । न्यूनचापीय प्रणाली कमजोर भएकाले वर्षाको सम्भावना केही घटेको जलवायुविज्ञ उज्जवल उपाध्यायले जानकारी दिनुभएको छ । 

उहाँका अनुसार काठमाण्डौ र पहाडी क्षेत्रमा घाम लागे पनि केही दिन चिसो हावा चल्ने सम्भावना छ । तराईमा भने गर्मी बढ्ने उहाँको भनाइ छ । तीन/चार दिनको गर्मीले फेरि पानी पार्ने सम्भावना रहेको उहाँले बताउनुभएको छ । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगका एक/दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ । 

हिजो काठमाण्डौ उपत्यकासहित धेरै ठाउँमा हावाहुरीसहित पानी परेको थियो । 

सम्बन्धित समाचार