1.2k
Shares
काठमाण्डौ - देशका मध्य र पूर्वी भेगका केही ठाउँमा अहिले पनि हल्का वर्षा भइरहेको छ । आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही ठाउँहरूमा तथा बाँकी हिमाली र पहाडी भूभागको थोरै ठाउँहरुमा हावाहुरी, मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार बेलुकीदेखि मौसममा क्रमिक सुधार हुनेछ । हिजो साँझपख देशका केही ठाउँमा मध्यम वर्षा भएको थियो ।
धनकुटा, संखुवासभा, सल्यान, रुकुम, म्याग्दी, कास्की लगायतका ठाउँमा मध्यम वर्षा भएको महाशाखाले जनाएको छ । यो समयमा हुरीबतास, चट्याङ र असिना पानीले असर गर्ने भएकाले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।