स्वः घोषणा गर्ने चेतावनीसहित तत्काल भाडा बढाउन व्यवसायीको माग

1.6k Shares

काठमाडौं– सार्वजनिक यातायातको भाडा समायोजन नगरेको भन्दै यातायात व्यवसायीले सरकारलाई स्व: घोषणामार्फ भाडा असुल गर्ने चेतावनी दिएका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले बुधबार विज्ञप्ति जारी गर्दै उक्त कुरा बताएको हो । 

‘यातायात व्यवस्था विभागले यात्रुवाहक सवारीमा ११.३३ प्रतिशत भाडा बढाउन सिफारिस गरे पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भाडा बढाएको छैन, विभागबाट भाडा समायोजन गर्न सिफारिस भए बमोजिम भाडा घोषणा गरी दिने विकल्प नभएको हुँदा भाडा समायोजन गर्न जोडदार माग गर्दैछौँ,’ महासंघ महासचिव डेकनाथ गौतमद्वारा हस्ताक्षरित विज्ञप्तिमा लेखिएको छ । 

नेपाल आयल निगमले चैत २ चैतदेखि लागु हुने गरी डिजेलमा प्रतिलिटर १० रुपैयाँ र पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ मूल्य बढाएको थियो । योसँगै यातायात व्यवसायीले भाडा बढाउन सरकारलाई दबाब दिँदै आएका छन् । 

सम्बन्धित समाचार