जेन-जी आन्दोलनमा फरार एकजना लागूऔषधसहित पक्राउ

4.4k Shares

काठमाडौं– सुन्धारास्थित जगन्नाथदेवल कारागारबाट फरार एकजना लागूऔषधसहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा २८ वर्षीय चेतबहादुर रम्तेल रहेको प्रहरीले जनाएको छ । उनलाई खैरो हेरोइन जस्तो देखिने २.३८ ग्राम पदार्थ, ७७ हजार रुपैयाँ, दुई मोबाइल र डिजिटल तराजुसहित बूढानीलकण्ठ–१० कपन साप्रेढुङ्गा चोकबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

रम्तेल यसअघि लागुऔषध कसूरमा सुन्धारास्थित जगन्नाथदेवल कारागारमा रहेका बेला गत भदौ २४ गते फरार भएका थिए । घटनाबारे प्रहरी वृत्त बौद्धले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित समाचार