5.2k
Shares
काठमाण्डौ – काठमाण्डौमा केही समयदेखि हुरीबतासहितको पानी परिरहेको छ । जल तथा मौसम विज्ञान विभागले काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा अहिले हुरीबतास चलिरहेको जनाएको छ ।
विभागको मौसमविद् बिभूति पोखरेलले हुरीबतास अझै तीव्र हुनसक्ने सम्भावना रहेको बताउनुभयो । हुरीबतासहितको वर्षाका कारण सडक किनाराका रुख ढल्ने, बिजुली तथा टेलिफोनका पोल लड्ने, तार चुँडिने तथा जस्तापाताले बनेका छाना उड्ने जोखिम रहेको विभागले जनाएको छ ।