भारतमा तहल्का पिट्दै ‘धुरन्धर २’, नेपालमा बिहान ३ बजे छुट्ने गरी शो

1.3k Shares

काठमाडौं – नायक रणवीर सिंह स्टारर फिल्म ‘धुरन्धर २’ अहिलेसम्मकै उच्च ओपनिङ गर्दै बलिउडमा तहल्का पिटेको छ ।

स्याकनिल्कका अनुसार प्रदर्शनको पहिलो दिन बिहीबार यो फिल्मले १०२ करोड नेट कलेक्सन गरेको हो ।यो फिल्म हेर्नका लागि भारतीय हलमा दर्शकको चाप निकै उच्च छ । पहिलो दिन २१ हजारभन्दा बढी शो पाएको यस फिल्मको अकुपेन्सी ७१ प्रतिशतभन्दा बढी रहेको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् ।

यो फिल्मको चर्चा सामाजिक सञ्जालमा पनि तहल्का पिटिरहेको छ । बलिउड फिल्मका लागि ‘धुरन्धर २’को ओपनिङ ऐतिहासिक हो ।यसअघि कुनै पनि बलिउड फिल्मले १०० करोडको ओपनिङ नेट कलेक्सन गरेका थिएनन् ।

दोस्रो उच्च ओपनिङ कलेक्सन गर्ने फिल्म शाहरुख खानको ‘जवान’ बनेको छ । यो फिल्मले ८९ करोड नेट कलेक्सन गरेको थियो ।दक्षिण भारतीय फिल्का लागि चाहिँ १०० करोड नेट कलेक्सन नौलो होइन । अल्लु अर्जुन स्टारर फिल्म ‘पुष्पा २’ले भने १६४ करोड नेट कलेक्सनको ओपनिङ गरेको थियो । अन्य फिल्महरूले पनि यो आकडा पार गरेका छन् ।

नेपालमा पनि ‘धुरन्धर २’ बिहीबारबाट प्रदर्शनमा आएको छ । हलहरू उदार बनेर शो दिएका छन् । बुकिङ पनि उच्च छ । केही हलहरूले राति ११ बजेको शो पनि छुट्याएका छन् । जुन शो सकिन बिहानको ३ बज्छ ।

‘धुरन्धर’ले नेपालमा करिब ११ करोडको व्यापार गरेको थियो ।

सम्बन्धित समाचार