काठमाडौंका २४ प्रहरी र नौ थुनुवामा कोरोना संक्रमण

17k Shares

काठमाडौं, माघ २ । काठमाडौंका विभिन्न युनिटमा कार्यरत २४ जना प्रहरीमा कोरोना संक्रमण देखिएको छ । यस्तै विभिन्न प्रहरी कार्यालयमा रहेका नौजना थुनुवामा समेत कोरोना संक्रमण देखिएको छ । पहिलो र दोस्रो चरणको कोरोना महामारीमा समेत राजधानीका सयौं प्रहरी संक्रमित भएका थिए । केहीको ज्यानसमेत गएको थियो ।

संक्रमण बढ्दै जाँदा प्रहरीमा पनि जोखिम बढ्दै गएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए ।

एसपी मैनालीले भने, “बढ्दो जोखिममा पनि प्रहरी काम कारवाहीमा असर नपरोस भन्नेतर्फ सचेत छौं । आलोपालो प्रणालीमा ड्युटी मिलाइरहेका छौं । घर जाने र कार्यालयमा रहनेलाई सकेसम्मसँगै ड्युटी पारिरहेका छैनौँ ।”

उनले ३४ भन्दा बढी सार्वजनिक स्थानमा नागरिकलाई मास्कलगायत स्वास्थ्य सामग्री प्रयोग गर्न, स्वास्थ्य मापदण्डको पालना गर्न सचेतनामुलक सामाग्रीसमेत प्रसारण गरिरहेको बताए ।

पछिल्लो समय देशभर देखिएका संक्रमितको तथ्याङ्कमध्ये काठमाडौंमा दैनिक २५÷३० प्रतिशतको संक्रमित देखिन थालेका छन् । प्रहरीले जोखिम बढाउने कुनै पनि गतिविधी नगर्न र स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न आग्रह समेत गरेको छ । 

सम्बन्धित समाचार