आईसीसी टी–२० विश्वकपमा भारत र न्यूजिल्याडमध्ये कस्ले मार्ला मार्ला बाजी ?

3.4k Shares

आईसीसी टी–२० विश्वकप २०२६ को उपाधिका लागि आइतबार साबिक विजेता भारत र न्यु जिल्यान्ड भिड्दै छन्। अहमावादस्थित नरेन्द्र मोदी स्टेडियममा हुने खेल फाइनल आइतबार साँझ सवा ७ बजे सुरु हुनेछ। घरेलु मैदानमा हुने विश्वकपको फाइनलमा भारतिय क्रिकेट टोली नयाँ इतिहास लेख्न चाहन्छ।

आइतबार हुने फाइनलमा भारतले न्यु जिल्यान्डलाई पराजित गरे विश्व क्रिकेटमा तिन कोशेडुंगा एकैसाथ पार गर्ने पहिलो टोली बन्नेछ। 

भारतले घरेलु मैदानमा जित निकाले आईसीसी पुरुष टी–२० विश्वकप जित्ने पहिलो आयोजक राष्ट्र, उपाधि रक्षा गर्ने पहिलो टोली र तिन विश्वकप जित्ने पहिलो टोली संघारमा छ।  

सन् २००७ देखि सुरु भएको विश्वकपको दशौँ संस्करणको आयोजना भारत र श्रीलंकाले संयुक्त रुपमा आयोजना गरेका हुन्। अर्को विश्वकप आयोजक टोली श्रीलंका सुपर ८ बाटै बाहिरिएको थियो। 

दशौँ संस्करणसम्म आइपुग्दा भारत, इंग्ल्यान्ड र पेष्ट इण्डिज गरि तिन टोलीले मात्र समान २ पटक विश्वकपको उपाधि जितेका छन्। ति मध्य कुनै टोलीले पनि उपाधि रक्षा गर्न भने सकेका छैनन्। 

भारतले यसअघि सन् २००७ र २०२४ को विश्वकपको उपाधि उचालेको थियो। इंग्ल्यान्डले सन् २०१० र २०२२ तथा वेष्ट इण्डिजले स् २०१२ र २०१६ को विश्वकप जितेका थिए। 

पाकिस्तानले सन् २००९, श्रीलंकाले सन् २०१४, अष्टे«लियाले सन् २०२१ मा विश्वकपको उपाधि उचालेका थिए। 

घरेलु मैदानमा विश्वकपको फाइनल खेल्दै गर्दा भारतीय टोली कीर्तिमानी प्रर्दशन गर्ने योजनामा हुनेछ। 

चौथो पटक फाइनल खेल्न लागेको भारतिय टोली २०१४ मा उपविजेतामा चित्त बुझाएको थियो। सन् २०१६ र २०२२ मा भने भारत सेमिफाइनलबाटै बाहिरिएको थियो। 

भारतले बिहिबार राति भएको दोस्रो सेमिफाइनलमा इंग्ल्यान्डलाई ७ रनले पराजित गर्दै न्यु जिल्यान्डसँगको भेट पक्का गरेको हो। 
न्यु जिल्यान्डले भने बुधबार भएको पहिलो सेमिफाइनलमासाविक उपविजेता दक्षिण अफ्रिकालाई ९ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो। 

दोस्रो पटक उपाधि नजिक पुगेको न्यु जिल्यान्ड भारतलाई सहजै उपाधि सुम्पने पक्षमा भने छैन। 

अहिलेसम्म विश्वकपको उपाधि जित्न नसकेको न्यु जिल्यान्ड भारतलाई घरेलु मैदानमा नै स्तब्ध पार्दै पहिलो विश्वकप उपाधि उचाल्ने योजनामा छ। 

यसअघि सन् २०२१ मा भएको विश्वकपमा न्यु जिल्यान्ड पहिलो पटक विश्वकपको फाइनलमा पुगेको थियो। तर अष्टे«लियासँग पराजित हुँदै उपविजेतामा चित्त बुझाउन बाध्य भएको थियो। त्यसअघि २००७, २०१६ र २०२२ मा भने सेमिफाइनलबाटै बाहिरिएको थियो। 

यो पटक भने न्यु जिल्यान्डको टोली अघिल्ला खेलहरुमा भएको गल्तीलाई सुधार्दै उपाधिका लागि भारतविरुद्ध मैदान उत्रने रणनितिमा छ।

सम्बन्धित समाचार