सरकारी टेलिभिजनबाट रुँदै दिइयो खामेनीको मृत्युको खबर, इरानमा ४० दिने राष्ट्रिय शोकको घोषणा

1.7k Shares

इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको निधनको खबर सरकारी टेलिभिजनले सार्वजनिक गर्‍यो।
इरान सरकारले खामेनीको निधनमा ४० दिने राष्ट्रिय शोकको घोषणा गर्‍यो।
खामेनी सन् १९८९ देखि इरानको सर्वोच्च नेता थिए र उनको निधनपछि सुरक्षा व्यवस्था कडा पारियो।
तेहरान । इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको निधनको खबर त्यहाँको सरकारी टेलिभिजनले सार्वजनिक गरेको छ। टेलिभिजनमा समाचार वाचन गरिरहेका वाचकले रुँदै खामेनी अब यस संसारमा नरहेको जानकारी देशवासीलाई दिएका हुन्।

खामेनीको निधनको औपचारिक जानकारीसँगै इरान सरकारले देशभर ४० दिने राष्ट्रिय शोकको घोषणा गरेको छ। 

यस शोक अवधिको अवधिमा इरानमा राष्ट्रिय झन्डा आधा झुकाइनेछ भने देशभर विभिन्न शोक कार्यक्रमहरू आयोजना गरिनेछन्।

८५ वर्षीय खामेनी सन् १९८९ देखि इरानको सर्वोच्च नेताका रूपमा शक्तिशाली पदमा थिए। उनको निधनको खबर सार्वजनिक भएसँगै इरानमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने समर्थकहरू सडकमा निस्किएर शोक व्यक्त गरिरहेका छन्। उनी इजरायल र अमेरिकाको संयुक्त कारबाहीमा मारिएका हुन् ।

सम्बन्धित समाचार