आफूले गरेको अपराधको अनुसन्धानलाई प्रभावमा पार्न टिकटकबाट चर्चामा आएकी तुलसाको सामाजिक सञ्जालमा रोइलो

21.3k Shares

काठमाडौं । टिकटकबाट चर्चामा आएकी तुलसा अधिकारीको ठगी सम्बन्धी प्रकरणको उजुरी परेपछि प्रहरीको अनुसन्धानलाई प्रभावमा पार्न अधिकारीले टिकटकमै रोइलो गर्न थालेकी छिन् ।
अहिले तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण सामाजिक सञ्जालमा भाइरल नै बनेको छ । ललितपुर सातदोबाटोस्थित अटो मोबाइल व्यवसायी कुमार चिमोरियाको जाहेरीका आधारमा तुलसा अधिकारीलाई प्रहरीले मुद्दा दर्ता गरेको हो । चिमोरियाको जाहेरी पछि ‘तुलसा कलेक्सन’ सञ्चालन गर्दै आएकी तुलसाविरुद्ध प्रहरीले पक्राउ पूर्जी पनि जारी गरेको छ । 
तर, तुलसा यतिबेला छिमेकी राष्ट्र चीनमा बस्दै टिकटकमार्फत् नै विना आधारका तर्कहरु राख्दै प्रहरीमाथि आरोप–प्रत्यारोप गर्दै अनुसन्धानलाई प्रभावित पार्ने प्रयास गरिरहेकी छन् ।
सातदोबाटो प्रहरी वृत्तकी प्रमुख डिएसपी पूर्णिमा चन्दको नाम जोड्दै रोइलो गर्दै अनुसन्धानलाई नै प्रभावमा पार्ने अभिव्यक्तिहरु दिँदै आफू पानीमाथिको ओभानो बन्ने प्रयत्न गर्दै आइरहेकी छिन् । 
आफ्नो धरातललाई नै विर्षेर पैसा कमाउन जस्तोसुकै हरकत गर्ने स्वभावकी तुलसाले प्रहरी सेवामा प्रवेश गरेदेखि जनताको शान्ति सुरक्षा अन्यायको विरुद्धमा सधै अग्रस्थानमा उभिई जनतालाई न्याय दिँदै आएकी प्रहरी संगठनलाई हाँक्न सक्ने क्षमतावान डिएसपी चन्दले आफूलाई फसाउन खोजेका भन्दै सामाजिक सञ्जालमा गोइको आँसु बगाउने काम गर्दै आइरहेकी छिन् । तुलसाले डीएसपी चन्दको विषयमा सामाजिक सञ्जालमा अनावश्यक लाञ्छना लगाउँदै आफ्नो पसलमा आई कम मूल्य तिरेर सामान लगेको आरोप लगाएकी छन् । ‘बास्तवमा जो सुकै ग्राहकले पनि कुनै सामान किन्ता डिस्काउन्ट माग्छ, व्यापारीले ग्राहकले मागेको डिस्काउन्टमा आफ्नो सामान दिन सके दिन्छ होइन भने आउँदैन भन्छ,’ सोही कार्य अनुसार नै डिएसपी चन्दले पनि ग्राहकको रुपमा डिस्काउन्ट माग्न पाउने कि नपाउने ? यदि मागेको डिस्काउन्टमा सामान दिन सके व्यापारीले दिने हो होइन भने ग्राहकले मागे अनुसारको डिस्काउन्टमा सामान नआए नदिने हो । तर तुलसाले यस्ता विषयलाई लिएर आफूले गरेको अपराधजन्य गतिविधि गरेर कमाएको अकुत सम्पत्तिलाई डाकछोप गर्न डिएसपी चन्दलाई विवादमा मुछ्नु भनेको तुलसा कानुनी रुपमा आफै फस्नु हो ।  
डिएसपी चन्द अनुसन्धान अधिकृतको भूमिकामा रहेकी अधिकारी हुन् । अनुसन्धानका क्रममा सम्बन्धित स्थलमा पुग्नु, आवश्यक प्रमाण संकलन गर्नु र पक्ष–विपक्षसँग सोधपुछ गर्नु स्वाभाविक प्रक्रिया हो । अनुसन्धान अधिकृतको विषयलाई ‘सपिङ’को रूपमा व्याख्या गरेर सामाजिक सञ्जालमा भ्रम फैलाई अनुसन्धानलाई प्रभावमा पार्न तुलसाले खोजेको प्रष्ट बुझ्न सकिन्छ ।
स्मरणयि छ, तुलसाविरुद्ध गत साउनमै जाहेरी दर्ता भएको थियो । त्यसयता विभिन्न राजनीतिक पहुँच प्रयोग गरी अनुसन्धान रोक्न तुलसाले दबाब दिइएको आरोपसमेत सार्वजनिक भएको छ । पछिल्लो समय तुलसाले अनुसन्धान अघि बढेपछि टिकटकमार्फत् प्रहरीमाथि नै चुनौती दिने र व्यक्तिगत आरोप लगाउने शैली अपनाइएको देखिन्छ ।
डिएसपी चन्दमाथि व्यक्तिगत रूपमा आक्षेप लगाउनु, अन्तरंग तस्बिर र भिडियो सार्वजनिक गर्ने प्रयास गर्नु तथा सामाजिक सञ्जाललाई ‘ट्रायल प्लेटफर्म’ बनाउनु कानुनी राज्यको सिद्धान्त विपरीत हो । कुनै पनि आरोप प्रमाणका आधारमा कानुनी प्रक्रियामार्फत् नै टुंगिनुपर्छ ।
ललितपुर प्रहरीले विज्ञप्ति जारी गर्दै तुलसामाथि ठगीका साथै सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा समेत अनुसन्धान भइरहेको जनाएको छ । यस्तो अवस्थामा तुलसाले अनुसन्धानलाई प्रभावित पार्ने उद्देश्यले प्रहरी अधिकारीमाथि नै चरित्रहत्या गर्ने प्रयास गर्नु गम्भीर विषय हो ।

सम्बन्धित समाचार