कार्यकाल सकिए पनि पुनः एमालेमा क्रियाशील हुन्छु : राष्ट्रियसभा उपाध्यक्ष घिमिरे

3.3k Shares

काठमाडौं– राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले राष्ट्रियसभामा हुने प्रतिनिधित्व निकै उत्तम रहेको बताएकी छन् ।

आफ्नो कार्यकाल पुरा हुन केही दिन बाँकी रहँदा बुधबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै घिमिरेले प्रदेशगत हिसाबले सबैलाई समेटेर सभामा हुने प्रतिनिधित्व निकै उत्तम रहेको बताएकी हुन् । 

कानुन निर्माणका लागि निकै महत्त्वपूर्ण रहेको राष्ट्रियसभालाई प्रभावकारी बनाउन आगामी दिनमा सबैले आवश्यक भूमिका निर्वाह गर्नुपर्ने उनले बताइन् ।

उनले राष्ट्रियसभाले कानुन बनाउन सकेन भन्ने टिप्पणीहरू पनि सुन्ने गरेको भन्दै विधेयक ल्याउने जिम्मेवारी सरकारको हुने कुरा बुझाउन सक्नुपर्नेमा जोड दिइन् । 

उपाध्यक्ष घिमिरेले जनतामा सेवा प्रवाह गर्नका लागि केही संविधान संशोधन गरेर विषय उठेको अवस्थामा सबै दलहरू मिलेर छिटोभन्दा छिटो त्यसलाई अघि बढाउनुपर्ने धारणा राखिन् ।

अहिलेसम्मको अभ्यासका क्रममा देखिएका कमी कमजोरीका आधारमा संशोधन गर्ने विषय टुङ्गो लगाउन सहज हुने उनको भनाइ छ । घिमिरेले राष्ट्रियसभाको कार्यकाल समाप्त भएपछि आफू पुनः एमालेमा नै क्रियाशील हुने जानकारी दिइन् । 

आगामी फागुन २० गतेदेखि घिमिरेसहित १९ जना राष्ट्रिय सभा सदस्यको पदावधि सकिँदै छ ।

सम्बन्धित समाचार