लकडाउनमा खसीबोका तस्करी

19.2k Shares

बिरगंज । स्थानीय प्रशासनले बिरगंजमा लकडाउन गरेको भए पनि भारतबाट खसिबोकाको तस्करी व्यापक मात्रामा मौलाउँदै आएको छ ।
दैनिक दुई सयको हाराहारीमा खसिबोका भन्सार नतिरी भित्रीरहेका छन् । अहिर्वा गाउँ भएर ईनर्वाको नाका छटिया भएर दैनिक दुई सयको हाराहारीमा खसिबोका भित्राउने गरिएको छ । यो अबैध कारोवार इमरान आलमले गर्दै आएका छन् । उनको बाख्रा पाल्ने गोठ बोडरमा छ । तस्करी गरी ल्याएका खसीबोका त्यही गोठमा राखेर भोलि पल्ट बिहान घुसुक्पुर छपकैया लगेर बेच्ने गर्दछन् । 
तस्करीको लाइन सशस्त्रको घुमुवा सिपाही महेश हाजरा, सशस्त्रको भन्सारको असई चण्डसिह पण्डित र नेपाल प्रहरीको इनर्वा गाउको चौकीको असई जयप्रकाश पाण्डेले दिँदै आएका छन् । जिल्ला प्रहरी र भन्सार गुल्ममा बुझाउनु पर्छ भन्दै रकम असुल्ने काम हुदै आएको गुनासा खोजतलाससमक्ष आएको छ । यो तस्करीको लाइन मिलाउनेलाई कसले छानबिन गर्ने ? स्थानीयले खोजतलाससँग प्रतिप्रस्न गरे ।
 

सम्बन्धित समाचार