कोशी, गण्डकी र कर्णालीमा हल्का वर्षा र हिमपातको सम्भावना

2.6k Shares

काठमाण्डौ – कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रका एक–दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहान तराईका केही ठाउँमा हुस्सु लागेको छ ।

दिउँसोपछि तराईका धेरैजसो ठाउँमा मौसम मुख्यतया सफा रहनेछ भने पहाडी भू–भागमा आंशिक बदली हुने महाशाखाले जनाएको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने अनुमान छ ।

कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई ठाउँमा रातिको समयमा हल्का वर्षा वा हिमपातको सम्भावना छ । हिमाली तथा उच्च पहाडी क्षेत्रमा तापक्रम कम हुने भएकोले आवश्यक सतर्कता अपनाउन तथा तराई क्षेत्रमा बिहानको हुस्सु र रातिको तुँवालोका कारण गाडी चलाउँदा सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

सम्बन्धित समाचार