‘जोरो डिग्री’को नायिकामा सनिशा फाइनल, विजय बरालको जोडी बन्ने

2.7k Shares

काठमाडौं – छायाङ्कनमा निस्कन लागेको फिल्म ‘जिरो डिग्री’को नायिकामा सनिशा भट्टराई फाइलन भएकी छन् । निर्माण पक्षले शुक्रबार उनी अनुबन्ध भएको सार्वजनिक गरेको हो ।

यसअघि नै नायक विजय बराल शीर्ष भूमिकामा अनुबन्ध भइसेका छन् । फिल्ममा विजयको जोडीको भूमिकामा सनिशालाई देख्न सकिन्छ ।

प्रचार स्वरुप निर्माण पक्षले वर्तमान राजनीतिलाई व्यङ्ग्य गरेको सार्वजनिक गीत ‘अरे हो नेता जी’मा विजय फिचर्ड छन् ।

यो फिल्मको लेखन-निर्देशन आकाश बराल र साजन काफ्लेले संयुक्त रुपमा गर्दैछन् ।

डाक कमेडी जनरामा बन्ने यस फिल्म कथा सडक सञ्जाल नपुगेको एक दुर्गम गाउँमा आमाबुवाको निधनपछि विदेशमा रहेका सन्तान गाउँ आइपुगुन्जेल शव सुरक्षित राख्न ‘डीप फ्रिज’ बोकेर लैजाँदा उत्पन्न हुने घटनाक्रमबारे रहेको निर्माण पक्षले जनाएको छ ।

मेघौली फिल्म्सको ब्यानरमा बन्ने यस फिल्मको निर्माता मोती कार्की हुन् ।

सम्बन्धित समाचार