रविन्द्र मिश्रको चुनावी बाचा : जनताले विश्वास गरे राम्रा बाहेक कुनै काम गर्दिन

4.6k Shares

काठमाडौं– राप्रपाका वरिष्ठ उपाध्यक्ष एवं काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार रवीन्द्र मिश्रले आफू इमानदारीपूर्वक देश र जनतालागि क्रियाशील हुने बताएका छन् । 

शुक्रबार काठमाडौंको अनामनगर क्षेत्रमा घरदैलोका क्रममा मिश्रले देशमा धेरै नेताहरूले जनमतप्राप्त गर्न सफल भए पनि देशको अवस्था परिवर्तन हुन नसकेको भन्दै आफू इमानदारीपूर्वक देश र जनतालागि क्रियाशील हुने बताएका हुन् ।

आफूलाई जनताले विश्वास गरे राम्रा बाहेक अन्य कुनै काम नगर्ने उनले बताए  ।

मिश्रले अबको २०–३० वर्षपछिको नेपाललाई मनन गरेर देशको नीति निर्माण र कानुन बनाउन तथा देशभरिको महत्त्वपूर्ण राष्ट्रिय मुद्दाहरूलाई संसदका माध्यमबाट उजागर गर्ने धारणा राखे ।

त्यस्तै उनले जनतालाई खानेपानी, बिजुली, ढल, डुवान लगाएतका समस्या पर्दा त्यसलाई समाधान गर्न आफू स्वयं उपस्थीत भएर समाधानको प्रयास गर्ने प्रतिवद्धता जनाए  ।

सम्बन्धित समाचार