काठमाडौ । गत बुधबार दुई तारिखका दिन नेपाल बायुसेवा निगमको विमान जापानको टोकियो उड्यो ।
केवल ४७ जना यात्रु लिएर निगमको विमान उडेको थियो । यसबाट निगमलाई लाखौंलाख घाटा त भयो नै टोकियोबाट फर्कदा केवल २१० जना यात्रु मात्रै लिएर फर्के पछि भने निगमलाई ध्वस्त पार्न निगमकै जिम्मेवार कर्मचारी संमलग्न छन् भन्ने पुष्टि हुन्छ । कोरना कहरका कारण जापानबाट स्वदेश फर्कन नपाएका सयौं नेपाली अलपत्र छन् । तर निगमको विमान भने खाली फर्किएको छ । स्वदेश फर्कन नपाएका हजारौं नेपाली जापानमा अलपत्र छन् तर निगमको जाहाज खाली आउनुको पछाडि निगम डुवाउने ठूलो चलखेल छ ।
मन्त्री योगेश भट्टराईले अति बिश्वास गरेका निगमका कमर्सियल बिभागका निर्देशक टंक निधि दाहालको कारण निगमको व्यवसाय उल्टो दिशामा गएको निगमकै उच्च कर्मचारी बताउँछन् । फ्लाइटका लागि बुकिङ खुलेको केही समयमा नै बुकिङ बन्द गरिएको र बुकिङ खोल्दानै केही माफियाको सेटिङमा खोलेको कारण एजेन्सीले टिकट काट्न पाएनन् भने रेगुलर उडान भए पनि जहाज खाली आएको थियोे ।जसका कारण निगमलाई लाखौंलाख नोक्सान भएको छ।अहिले निगम भित्र मन्त्रीका नाममा ठूलो चलखेल गर्ने काम निर्देशक दाहालले गर्दै आएका छन् ।