थप १४ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि

16.3k Shares

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणको ग्राफ उकालो लागेको छ । पछिल्लो २४ घण्टामा गरिएको परीक्षणबाट थप १४ सय ४६  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।  ११ हजार ४२९ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १३५७ तथा एन्टिजेन विधिबाट ८९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप २५५ जना संक्रमणमुक्त पनि भएका छन् । नेपालमा हालसम्म ८ लाख १४ हजार ४८५ जना संक्रमणमुक्त भएका छन् । नयाँ संक्रमित थपिएसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ७ हजार ८५५ जना पुगेको छ ।

यही अवधिमा थप २ जना कोरोनाभाइरस संक्रमितको मृत्यु भएको छ । नेपालमा हालसम्म ११ हजार ६०६ जना संक्रमितले ज्यान गुमाइसकेका छन् । देशभर थप २ लाख १० हजार ५९४ जनाले खोप पनि लगाएका छन् ।


सम्बन्धित समाचार