देउवाले बोलाए आफू निकट नेतालाई छलफलमा, ३ बजे जुट्ने

2.6k Shares

काठमाडौं– कांग्रेस सभापति शेरबहादुर देउवाले आफू निकट नेताहरूलाई छलफलमा बोलाएका छन् । केन्द्रीय सदस्यसहित आफू निकट नेताहरूलाई छलफलमा बोलाएको देउवा निकट कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिका एक नेताले खबरहबलाई जानकारी गराए ।

छलफल ३ बजेबाट देउवा निवासमा हुने ती नेताको भनाइ छ । 

कांग्रेसमा ५६ प्रतिशत नेताहरूको उपस्थितिमा विशेष महाधिवेशन भइरहेको छ । महामन्त्री गगनकुमार थापा र विश्व प्रकाश शर्माले प्रतिवेदन पेश गरेर समूहगत छलफलका लागि अगाडि बढ्दै छ । 

विशेष महाधिवेशन अहिले खानाका लागि भनेर केही समयका लागि रोकिएको छ ।

सम्बन्धित समाचार