३९ बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई न्यानो कपडा वितरण

2.2k Shares

रेसुङ्गा(गुल्मी) ।गुल्मीमा राधामाधव समिति अन्तर्गत रेसुङ्गा सत्संग केन्द्रले बौद्धिक अपाङ्गता भएका विद्यार्थी र व्यक्तिलाई न्यानो कपडा वितरण गरेको छ ।

 चिसो अत्यधिक बढ्दै गएकाले उपल्लो तम्घास माध्यमिक विद्यालयमा अध्ययन गर्दै आएका २६ जना बौद्धिक अपाङ्गता भएका विद्यार्थी र विद्यालय बाहिरका १३ जना बौद्धिक अपाङ्गता भएका व्यक्ति गरेर कुल ३९ जनालाई न्यानो कपडा वितरण गरिएको राधामाधव समिति गुल्मीका सचिव ताराप्रसाद भुसालले जानकारी दिनुभयो ।

विद्यालयको आग्रहमा आफूहरू स्वतस्फुर्त रुपमा रकम उठाएर अपाङ्गता भएका विद्यार्थी र व्यक्तिलाई तलमाथि लगाउने बाक्लो न्यानो गुणस्तरीय कपडा वितरण गरिएको भुसालले बताउनुभयो। 

समितिले श्री जगदगुरु कृपालुजी महाराजले जगदगुरुत्तम उपाधि पाएको दिनलाई स्मरण गर्दै हरेक वर्ष सामाजिक काम गर्दै आएको छ ।

बिगतमा जिल्लाका अरु विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको समितिले यसवर्ष तम्घासमै न्यानो कपडा वितरण गरेको हो।अपाङ्गता भएका विद्यार्थी र व्यक्तिलाई पोशाकसहित सामूहिक भोजन गराएर भजनकीर्तन मार्फत मनोरञ्जन प्रदान गरिएको राधा माधव समितिले जनाएको छ।

राधामाधव समिति रेसुङ्गा सत्संग केन्द्रले सामाजिक, धार्मिक तथा सांस्कृतिक क्षेत्रमा कार्य गर्दैआएको छ ।

 रेसुङ्गा गौशलामा रहेका गाईलाई आहार सहयोग गर्दै आइरहेको छ । साथै विपन्न तथा असहायहरूलाई शैक्षिक सामग्री, न्यानो कपडा तथा खाद्यान्न सहयोग पनि गर्ने गरेको छ ।

 सहयोगी संस्था रेसुङ्गा सत्संग केन्द्रलाई त्यस्ता अपाङ्गता भएका व्यक्तिका अभिभावकहरूले धन्यवाद दिएका छन् । 

उपल्लो तम्घास माविका प्रधानाध्यापक मधु गौतमले राधा माधव समितिले विद्यालय र शिक्षार्थीप्रति गरेको सामाजिक न्यायले अत्यन्तै खुसी लागेको बताउनुभयो ।

सम्बन्धित समाचार