2.4k
Shares
काठमाण्डौ – नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा पोखरामा आज २२औँ एनएसजेएफ स्पोर्टस अवार्ड हुँदैछ ।
नेपाली खेलकुदको सबैभन्दा ठूलो र प्रतिष्ठित अवार्ड कार्यक्रम पोखराको सभागृहमा हुन लागेको हो । यसको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । अवार्ड कार्यक्रममा पोखरा महानगरपालिका प्रवर्द्धक रहेको छ ।
यसपटक पनि विभिन्न १० विधामा अवार्ड प्रदान गरिँदैछ । वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, टिम अफ द इयर र एसियन स्पोट्र्स जर्नालिस्ट अवार्ड रहेका छन् ।