काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सुरु गरेको छ ।
यस अभियानले इनड्राइभका प्रमुख सुरक्षा सुविधाहरू-जस्तै भेरीफाईड ड्राईभर प्रोफाईल, रियल–टाइम राइड ट्रयाकिङ, इन–एप (एसओएस) सुविधा, लाइभ राइड सेयरिङ, तथा दुई–तर्फी रेटिङ प्रणालीलाई उजागर गर्दै प्रयोगकर्तालाई हरेक यात्राअघि, यात्राका क्रममा र यात्रापछि सुरक्षित निर्णय लिन सशक्त बनाउने लक्ष्य राखेको कम्पनीको दाबी छ ।
इनड्राइभकी कन्ट्री रिप्रेजेन्टेटिभ रीता पोखरेलले भनिन्, ‘सुरक्षा केवल एउटा सुविधा मात्र होइन, यो साझा जिम्मेवारी हो । इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा अभियानमार्फत हामी प्रयोगकर्तालाई यो सन्देश दिन चाहन्छौँ कि भेरीफाईड ड्राईभर छनोट गर्ने, रेटिङ जाँच गर्ने वा लाइभ राइड सेयर गर्ने जस्ता प्रत्येक साना निर्णयले पनि सुरक्षित यात्रामा ठूलो भूमिका खेल्दछ ।’