राष्ट्रिय टोलीको ३४ सदस्यीय प्रारम्भिक नामावली घोषणा

19.3k Shares

काठमाडौं । मरिसससँग हुने दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय फुटबल टोलीको ३४ सदस्यीय प्रारम्भिक टोली घोषणा भएको छ । टोलीको तयारी पुसको अन्तिमबाट सुरु हुने भएको छ ।

माघ १५ र १८ गते नेपाल र मोरिससबीच दशरथ रंगशालामा मैत्रीपूर्ण खेल हुनेछ । प्रशिक्षण सुरु हुँदा कतार एअरवेज सहिद स्मारक ए डिभिजिन लिगको नवौं चरण सञ्चालन भइरहेको हुन्छ । राष्ट्रिय टोलीमा बोलाइने खेलाडीको लिगमा आफ्नो क्लबको सकिएपछि प्रशिक्षणमा सामेल हुने बताइएको छ । केहि दिन अघि नेपाल आइसकेका राष्ट्रिय टोलीका प्रशिक्षक अब्दुल्ला अलमुतायरी नेपाल फर्केपछि नियमित रुपमा लिग हेरिरहेका छन् । लिगकै प्रदर्शनका आधारमा खेलाडीहरुलाई प्रशिक्षणमा डाकिने बताइएको छ । केहि नयाँ खेलाडीले पनि प्रशिक्षणमा मौका पाउने सम्भावना छ ।

यस्तै नेपालमा हुने खेलका लागि अब्दुल्लाहले रोहित चन्द र अभिषेक रिजालाई बाहिर राख्दै गोलरक्षक शत्रुधन चौधरी, टेकेन्द्र थापा,आकास बुढा मगर, कृतिस रत्न छुन्जु, सुदिप गुरुङ, सुसिल राई, नविन गुरुङसहित ७ खेलाडीलाई पहिलोपटक प्रारम्भिक छनोट गरेका हुन्  ।

प्रारम्भिक टोली :

सम्बन्धित समाचार