राष्ट्रिय क्रिकेट क्रिकेट टिमको बन्द प्रशिक्षण सुरू

21.5k Shares

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले आगामी फेब्रुअरी १५ देखि ओमानमा सुरू हुने टी-२० विश्वकप ग्लोबल छनोटको लागि आजदेखि बन्द प्रशिक्षण सुरू गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ११ बजेदेखि सुरू भएको बन्द प्रशिक्षणबाट नेपाली राष्ट्रिय क्रिकेट टिमका नवनियुक्त मुख्य प्रशिक्षक पुबुदु दशानायकेले कार्य प्रारम्भ गरेका छन् ।

पछिल्लो साता काठमाडौं आइपुगेका पुबुदुले बन्द प्रशिक्षणका लागि ३० जनाको सूची सार्वजनिक गरिसकेका छन् । तर क्यानले तत्कालिन कप्तान ज्ञानेन्द्र मल्लसहित चार खेलाडीलाई कारबाही गरेपछि आइतबारदेखि नै शुरुहुने भनिएको बन्द प्रशिक्षण शुरु हुन सकेको थिएन ।

आइतबार दिनभर भएको छलफल पछि ज्ञानेन्द्र लगाएत असन्तुष्ट पक्षका खेलाडीहरु पनि बन्द प्रशिक्षणमा सहभागी हुने जनाइएको छ । छलफलका क्रममा खेलाडीहरुको केन्द्रीय सम्झौताको विषयमा क्यान लचिलो बनेपछि कप्तानको विषयमा भने अहिलेलाई सन्दीप नै रहेको स्पष्ट गरेको छ । उनीहरुलाई विहान ९ बजेसम्म रिर्पोटिङ गर्ने समय दिइएको छ । 

बन्द प्रशिक्षणको पहिलो दिन त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा १४ जना खेलाडी उपस्थित भएका छन् । २० जना खेलाडीले क्यानलाई रिपोर्टिङ गरिसकेका छन् । ९ जना खेलाडीले बेलुकासम्म क्यानलाई रिपोर्टिङ गर्ने भएका छन् ।

शरद भेषावकर, मोहम्मद आरिफ शेख, कुशल मल्ल, मोहम्मद आशिफ शेख, साहब आलम, पवन सरार्फ, भीम सार्की, प्रदीप ऐरी, गुलशन कुमार झा, जितेन्द्र मुखिया, विवेक कुमार यादव, सौरभ खनाल, राजेश पुलामी मगर र किशोर महतो मैदानमा उपस्थित भएर अभ्यास थालिसकेका छन् ।

सागर ढकाल, विनोद भण्डारी, विक्रम सोब, सुशन भारी, नन्दन यादव र हरिशंकर शाह लगायत ९ जना खेलाडीको पीसीआर रिपोर्ट आउन बाँकी रहेकाले प्रशिक्षणमा सहभागी भएका छैनन् । अन्य ९ जना खेलाडी भने सोमबार बेलुकासम्म होटेलमा उपस्थित हुने भएका छन् । कप्तान सन्दिप लामिछाने हाल बिग ब्यास लिग खेल्न अस्ट्रेलियामा छन् र जनवरी अन्तिम साता मात्र नेपाल आइपुग्नेछन् । 

क्यानले क्याम्पमा बोलाएका ३० खेलाडीमा सन्दिप लामिछाने (कप्तान), ज्ञानेन्द्र मल्ल, दिपेन्द्रसिंह ऐरी, शरद भेषवाकर, करण केशी, सोमपाल कामी, आरिफ शेख, विनोद भण्डारी, कुशल मल्ल, कुशल भुर्तेल, आशिफ शेख, कमलसिंह ऐरी, सहाब आलम, सन्दिप जोरा, अभिनाश बोहोरा, सुसन भारी, पवन सर्राफ, विक्रम शोब, भिम शार्की, रोहित कुमार पौडेल, प्रदिप ऐरी, गुल्सन झा, नन्दन यादव, जितेन्द्र मुखिया, विवेक कुमार यादव, सौरभ खनाल, राजेश मुलामी, किशोर महतो, सागर ढकाल, हरिशंकर शाह छन् ।  


सम्बन्धित समाचार