गोकुलले सार्वजनिक गरे मदन भण्डारीको तस्बिरसहितको पोस्टर

4.1k Shares

काठमाडौं– नेपाल एमालेका स्थायी कमिटी सदस्य गोकुल बाँस्कोटाले आवरणमा मदन भण्डारी रहेको पोस्टर सार्वजनिक गरेका छन् । 

एमालेको एघारौँ महाधिवेशनमा ईश्वर पक्ष प्यानलमा रहेका बाँस्कोटाले मदन भण्डारीको तस्बिरसहितको पोस्टर सार्वजनिक गरेका हुन् । 

उनले ‘जोगाउन लोकतन्त्र र देशको अस्तित्व एमालेमा दृढ र सन्तुलित नेतृत्व भन्ने’ नारासहितको पोस्टर सार्वजनिक गरे हुन् । 

अरूले वर्तमान अध्यक्ष केपी शर्मा ओलीको पोस्टर भएको फोटो सार्वजनिक गरिरहेका बेला गोकुलले मदन भण्डारीसहित आफ्नो पोस्टर सार्वजनिक गरेका हुन् । 

सम्बन्धित समाचार