काठमाडौ । नेपाली सेनामा सुडान मिशनको बुटको लफडा काण्डको चर्चा सेलाएको छैन । सुडान मिशनमा जाने सैनिकहरूलाई अावश्यक डेजडबुटकाे टेण्डर भएको र उक्त टेण्डर सुदिप रेग्मीको अन्तराले पाएकाे थियो । टेण्डर भएको एक बर्षमा पनि ठेकेदार रेग्मीले सामान बुझाएनन । सामान दिन्छु भन्दै बारम्बार भने पनि सामान नबुझाए पछि मिशनमा सैनिकहरू उड्ने बेला झगडा मात्रै हाेइन हात हालाहाल समेत हुन पुग्यो । अन्तयमा उड्ने बेलामा ठेकेदार सुदिप रेग्मीले बुझाएको सामान चेकजाँच गर्दा अति कमसल मात्रै हाेइन हातले तान्दा समेत च्यातिएपछि सेनाले उक्त सामान रद्द गर्याे र ठेकेदार रेग्मीलाई बुट फिर्ता गरिदियो । बुट फिर्ता गरिदिए पछि सैनिक मुख्यालयले सुडान मिशन जाने सबै सैनिकहरूलाई उतै बुट किन्न नगद नै दिएर पठाएको छ । सेनाले बर्षमा ३१ सय जाेर डेजडबुट खरिद मिशनका लागि खरिद गर्ने गर्दछ । उड्ने बेलासम्म सामान नल्याएको र अन्त्यमा ल्याएको बुट पनि अति गुणस्तरहीन ल्याएपछि ठेकेदार रेग्मी र सम्भारका मेजर मनाेज खड्का बिच मुख मात्रै हाेइन जुत्ता हानाहान समेत भएको थियो । ठेकेदार रेग्मीले सरूवा भएर गइसकेका सम्भारका प्रमुखसेनानी सुमन थापाकाे नाम लिएर भित्री अार्थिक चलखेलकाे कुरा निकालेपछि मेजर खड्का झाेक्किदै रेग्मी माथि जाइलागेका थिए ।