काठमाण्डौका सडकको खाल्डाखुल्डी पुर्न सडक एम्बुलेन्स सेवा शुरू

6.3k Shares

काठमाण्डौ – काठमाण्डौको सडकका खाल्डाखुल्डी पुर्न सडक एम्बुलेन्स सेवा शुरू भएको छ । सडक डिभिजन कार्यालय, काठमाण्डौको कार्यक्षेत्रमा पर्ने काठमाण्डौ जिल्लाभित्रका मुख्य सडक तत्काल मर्मतका लागि एम्बुलेन्स सेवा शुरू भएको हो ।

सडकमा देखिएका खाल्डाखुल्डीको तत्काल जानकारी दिइ मर्मत अगाडि बढाउन मोबाइल एप पनि सञ्चालनमा ल्याइएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यसमा खाल्डोको अवस्थाको तत्काल तस्वीर खिची अपलोड गर्न सकिने व्यवस्था र मर्मतपछि त्यसको अद्यावधिक विवरण राख्न सकिनेछ ।

हिजोदेखि शुरू भएको सडक एम्बुलेन्सले ३ सय ६५ दिन २४ घण्टा तयारी अवस्थामा रहेर खाल्डो देखिएको ठाउँमा छिटो मर्मत गरी सहज आवागमन सुनिश्चित गर्ने मन्त्रालयले विश्वास व्यक्त गरेको छ । एम्बुलेन्ससँगै तालिमप्राप्त प्राविधिक टोली खाल्डो देखिएको ठाउँमा पुगेर छिटोछरितो मर्मत कार्य सम्पन्न गर्ने मन्त्रालयको विश्वास छ ।

सम्बन्धित समाचार