जगत सत्य ब्रह्म  मित्थ्या भन्ने र  जगत मिथ्या ब्रह्म सत्य भन्ने दुबै अधुरा सिद्धान्त हुन

7.4k Shares

-श्वामी सत्यव्रत

    जबसम्म आध्यात्मिकताले भौतिकतालाई पनि साथसाथै लिएर जान सक्दैन, त्यति बेलासम्म आध्यात्मिकताले पूर्णता प्राप्त गर्न सक्दैन । भौतिकता भनेको शरीर हो भने आध्यात्मिकता भनेको आत्मा हो । अध्यात्मलाई गति दिने भौतिकताले हो भने भौतिकतालाई मार्ग दर्शन गर्ने अध्यात्म हो । आत्माको अस्तित्वलाई मान्ने शंकराचार्य मार्गी र आत्माको अजरता अमरतालाई नमान्ने चार्वाक वा नास्तिक दर्शनहरु एक्ला एक्लै अधुरा सिद्धान्त मात्रै हुन् । यी दुबैको योग हुनु जरुरी छ, ब्रह्म सत्य जगत मिथ्या भन्ने ईश्वरवादी र जगत सत्य ब्रह्म मिथ्या भन्ने अनिश्वरवादी शरीर सत्य र आत्मा मिथ्या, आत्मा सत्य र शरीर मिथ्या भन्ने यी सबै अधुरा सिद्धान्तहरु हुन् । यी सबै भनेका स्वर्गको लोभ र नर्कको भय देखाएर सर्बसाधारण मानिसहरुलाई लुट्ने अधुरा सिद्धान्तहरु हुन्, यही नै हो धर्मको मूलमा भएको भूल । जति बेलासम्म यी सबैमा रहेको भेदको समाधान आउँदैन, त्यति बेलासम्म मानिसले आप्mनो जीवनमा महत्वपूर्ण पक्षबाट आफुलाई नै जानी नजानी बञ्चित राखेकै हुन्छ । समाजमा जीवनलाई सापेक्ष रुपमा जिउने प्रशस्तै छन् तर शाश्वत रुपमा जिउनेहरुको कमी छ । मैले धेरै दिग्गजहरुलाई भेटेको छु, उनीहरुका प्रश्नहरु ऋाप्mनै निद्रालाई हराम गर्ने खालका हुन्छन्, जुन जिवनको लागि विष तुल्य हुन्, मसँग सोध्दछन् कि के तपाईलाई मृत्युको भय छैन, के तपाइले भयलाई जित्नु भएको छ, जसरी सावुन पानीले हात धुदा मैला जान्छ, के तपाइले काम, बासना र रागबाट मुक्ति दिलाई दिन सक्नु हुन्छ ? यस प्रकारले बहकिनु भनेको सामान्यभन्दा पनि भढ्किएका मानिसहरुको मनस्थितीको उपज हो र यस्ता प्रश्नहरु बैद्धिक पागलहरुले सोध्ने प्रश्नहरु हुन् । 

यस धर्तीमा जति सुकै आत्माज्ञानी र अध्यात्मवादी भए पनि राज्यको बागडोर सम्हाल्ने भनेको राजनेताहरुले नै रहेछन् । किन सोच्छ मनस्थिती भएका व्यक्तिहरुले शासन सत्ता नसम्हाल्ने । आदर्शमा जिउनेहरु धेरै हुन्छन्, जो वास्तविक जीवनमा लागु हुन सक्दैन, म विनुवाभावेको जमानाको सन्त होइन, उहाँले पैसालाई छुनु हुने थिएन रे तर उहाँलाई खान, लगाउन, बस्न त पैसाको आवश्यकता पर्दथ्यो नै, पैसा विना कुनै पनि जिवित मनुष्यको जीवन चल्न त सक्दैन । मैले उहाँको मात्रै होइन, मैले धेरै सन्त र असन्तहरुलाई भेटेको छु, अझ भनौ शान्त र अशान्तलाई – उहाँहरुले पनि अझ भन्नु हुन्छ कि मैले त खल्ती भएको बस्त्र नै लगाएको छैन, कटि बस्त्र लगाएको छु । यसबाट के सिद्ध गर्न खोजेको हो ? सायद यो पनि रुग्ण मनस्थितीकै लक्षण हो र उपज पनि हो । यो पाखण्डबाट हामीहरु माथि उठ्नु पर्छ र आप्mनो देशको नियम कानूनलाई अक्षरशः पालना गर्दै सेवामा जुट्नु पर्छ । स्वच्छ र स्वस्थ्य समाजको निर्माण गर्नको लागि स्वच्छ र स्वस्थ्य प्रतिष्पर्धा हुनु जरुरी छ, जुन प्रतिष्पर्धा नै होइन । वास्तविक मनुष्यत्वमा प्रतिष्पर्धा र तुलना हुँदैन, उनीहरु आपैmमा विलक्षण नै हुन्छन् । 

मानिसलाई गरी खाने खेत बारी होस्, टाउको लुकाउने बास होस्, शरीरका बस्त्र होस् र खानलाई गास होस्, यो मेरो आदर्श सोचाइ होइन, अन्तर्हृदयको चित्कार हो, रोदन हो । यो धर्तीका मानिसहरुमा भगवान बन्ने शक्ति छ र यो धर्तीमा स्र्वग बन्ने सम्भावना छ । यसभन्दा तल झरेर कुनै पनि स्वाभिमानी नेपालीले सम्झौता नगरोस् । गरीवी मानिसमात्रको लागि कहाली लाग्दो अभिसाप हो, यसबाट कुनै पनि राज्यको व्यक्तिलाई तड्पिन नपरोस्, यो राज्यको उत्तरदायित्व अन्तर्गत पर्दछ । गरीवी हटाउँनको लागि गरीब भएर सम्भव छैन् किनकि जोसँग जे छ त्यस व्यक्तिले त्यहीमात्र दिन सक्छ । गरीवी हटाउँनको लागि गरीवी हटाउँछु भन्ने व्यक्ति धनी हुनु जरुरी छ, धनी व्यक्तिको चाहना भयो भने उसले रोजगारीको अवसर दिएर वा अन्य विविध उपायबाट गरीवी हटाउँन सक्छ । समाजमा शान्ति अमन चयन कायम गर्नको लागि व्यक्ति आपैmमा स्थिर हुनु जरुरी छ, स्थिर भन्नाले व्यक्तिको आन्तरिक स्थिती स्थिर तर बाह्य रुपमा डाइनामिक, चलायमान । समाजमा शान्ति कामय गर्न चाहने व्यक्ति स्वयम्मा नै शान्त हुनु जरुरी छ । त्यसैले अहिलेको भारत लगायत पश्चिमाहरुको बारुद र हात हातियारको आतंक समाप्त गर्नको लागि २१ औ सताव्दीमा मानिसहरुको लागि रोजगारी र रोटीको आवश्यकता छ बम र बारुदको होइन भन्ने शाश्वततालाई बुझेको व्यक्ति सत्तामा पुग्नु जरुरी छ । अध्यात्मको पहल भनेको सापेक्ष नभएर शाश्वत हुन्छ, त्यसैले अहिलेको विश्व समुदायले चाहेको शासक भनेको अध्यात्मवादी हो तर मुठ्ठीभर शासकहरुले आप्mनो तानाशाह विश्वभर नै व्याप्त पार्न सफल भएका छन् । यसको समाधानको लागि सबैमा जन चेतनाको लहर आउनु जरुरी छ र आफुले आफुलाई हीन सम्झने ग्रन्थीबाट सबै मुक्त हुनु जरुरी छ । समय आउँछ, त्यसलाई सही हो कि होइन भन्ने बारेमा निर्णय गर्ने जिम्मेवारी तपाइहरुको हो, सावधान हुनु जरुरी छ । 

यस आध्यात्मिक जागरण पत्रिकाको सम्पादकीयबाट मैले दिन खोजेको इशारा के हो भने यदि यो धर्तीलाई कुरुप हुनबाट बचाउने हो भने दुइवटा उपायहरु छन् – कि त शासन गर्नको लागि सत्तामा आसिन अधिकारीहरु अध्यात्मवादी हुनु जरुरी छ, कि त जो अध्यात्मवादी सन्तहरु हुनुहुन्छ, उहाँहरुले शासन सत्ता सम्हाल्नु जरुरी छ, निर्णय गर्ने र चयन गर्ने अधिकार जनतामा छ, म लगायतका व्यक्तिहरुले यो आवाज यहाँहरु समक्ष पुर्याने छौं । यस केन्द्र मार्पmत स्वामी चन्द्रसूर्य (सत्यव्रत) ले जुन अथक प्रयासबाट विविध शीर्षकहरुमा १६ अंकसम्म पत्रिका मार्पmत मार्मिक देशनाहरु दिएको छु, बारम्बार मिडियाहरुबाट वि.सं. २०५२ सालदेखि बोलेको छु, तपाइहरुले सुन्न नपाउनु र तपाइहरुसम्म नपुग्नु विडम्बना हो र पुगेर र सुनेर पनि नजाग्नु दैवी अभिसाप नै होला, मैले अहिले धेरै भन्न र लेख्न चाहिन, बाँकी अर्को अंकमा । 

सम्बन्धित समाचार