नाउपा नेपालको केन्द्रीय समितिको पहिलो बैठक सुरु

5.5k Shares

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी नेपालको केन्द्रीय समितिको बैठक एवं प्रशिक्षण कार्यक्रम आजदेखि सुरु भएको छ । नागरिक उन्मुक्ति पार्टी छाडेर हालै मात्र निर्वाचन आयोगमा नागरिक उन्मुक्ति पार्टी नेपाल दर्ता गराएका रेशम चौधरीले आज पहिलो केन्द्रीय समितिको बैठक एवं प्रशिक्षण कार्यक्रमको आयोजना गरेका हुन् । यद्यपि रेशम चौधरी हाल सो पार्टीमा कुनै पनि पदमा छैनन् । 

नाउपा नेपालका वरिष्ठ उपाध्यक्ष अब्दुल खानका अनुसार दुई दिनसम्म चल्ने बैठकमा सङ्गठन विस्तार, चुनावी तयारी लगायतको विषयमा छलफल हुन्छ । यो बैठकपछि नाउपा नेपालले चुनावी अभियान चलाउने बताउँदै उनले अभियानसँगै पार्टी निर्माणको काम पनि अगाडि बढ्ने बताए ।  

आजको बैठक चलिरहेको बेला सिके राउत नेतृत्वको जनमत पार्टीको केन्द्रीय सदस्य तथा सुदूरपश्चिम इन्चार्ज प्रेमलाल चौधरी नाउपामा प्रवेश गरेको उपाध्यक्ष खानले बताए । आजै नाउपा नेपालको पार्टी कार्यालय पनि सिनामंगलमा उद्घाटन गरिएको छ । 

सम्बन्धित समाचार