- डी. बी . नेपाली...
वास्तवमा याे ब्रह्माण्डमा प्राणीहरुकाे उत्पत्ती र विकासकाे क्रममा पहिलाे याेगीराज मानिएका देवाधीदेव महादेव अर्थात शिवजीले नै याेग बिद्याकाे आविष्कार गरेकाे मानिन्छ । महादेवले नै अभ्यास गरेकाे या दिएकाे ज्ञान बिस्तार हुँदै जाँदा कालान्तरमा महर्षि पतञ्जलीले अंझ याेगकाे बारेमा बिस्तृत ब्याखा गर्दा यसका आठ अंगहरुकाे बारेमा ब्याखा गर्नु भएकाे भन्ने छ जसमा : १.यम, २.नियम, ३.आसन, ४. प्रणायाम, ५.प्रत्याहार, ६.धारणा, ७. ध्यान र ८. समाधि ।
यी आठ अंगमा प्रथम पाँच बाहिरी र अंतिम तीन आंतरिक अंग मानिएकाे छ । यिनीहरु मध्य यम भनेकाे- अहिंसा, सत्य, असत्य, अपरिग्रह र ब्रह्मचर्य व्रतकाे पालन गर्ने भनिएकाे छ । नियममा स्वाध्याय, संताेष, तप, इश्वर प्रति चिन्तन र पवित्रता पालना गर्नु भन्ने छ,आसनमा एकचित्त भएर बस्नु भनिएकाे छ भने प्राणायाममा स्वास प्रस्वासकाे गति नियन्त्रण गर्नु भन्ने छ र प्रत्याहारमा इन्द्रियहरुलाई भाैतिक बिषयबाट ध्यान हटाउने भनिएकाे छ ।
याेगका आठ अंग मध्य माथि उल्लेखित प्राणायाम बाहेक सबै अंगहरुमा ब्रह्मचर्य,पवित्रता,एकचित्त बस्ने,भाैतिक बिषयहरुबाट मनलाई हटाउने कुरा झट्ट हेर्दा संभाेग (Sex) यानि याैन क्रिया निषेध गरिएकाे भन्ने अर्थ लाग्ने गरे जस्ताे लाग्छ । याेगाचार्य पतञ्जलिकाे नाम नै यदि मान्छेकाे वीर्य पातमा खसेकाे छ भने त्याे वीर्य लिङ्गबाट तानेर आफ्नाे शरिर या नाइटाेमा तानेर लैजान सक्ने क्षमता भएकाे अर्थ लगाइन्छ । सबैले वीर्य बाहिर फाल्छन् तर पतञ्जलीले उल्टाे तान्नु हुन्थ्याे भने यस्ताे कुराकाे जानकार आचार्य नारायण प्रसाद सुवेदीले भने अनुसार याेगी नहहरि नाथले त वीर्य साेझै मश्तिस्कमा लैजान सक्नु हुन्थ्याे रे त्यही शक्तिकाे कारण उहाँ ज्ञानकाे सागर हुनु भयाे त्यसकाे कारण उहाँले वीर्य बाहिर नफालेर आफ्ने शरिरमा या मश्तिष्कमा तान्न सक्ने क्षमता थियाे त्यही कारणले गर्दा नै उहाँकाे चेतना जागृत भएकाे र त्यही जागृत चेतनाकाे कारण या प्रत्युपन्न मतिका कारण उहाँले आफ्नु शरिरका शूक्ष्म ग्रन्थीहरुमा रहेकाे मानव उत्पत्तिदेखि उहाँ जीवित रहुन्जेलसम्म र भविश्यमा घट्ने घटनाहरुकाे समेत वर्णन र इतिहासकाे सम्पूर्ण र सही जानकारी राख्न सक्ने क्षमता राख्नु हुन्थ्याे भन्ने ब्याख्या गर्नु हुन्छ ।
पूर्विय अवधारणाका रुपमा माथि उल्लेख गरिएका भनाइहरु मान्ने हाे भने संभाेग या याैन क्रिया ज्यादै खराब हाे जस्ताे लाग्छ या प्राय समाजले त्यसलाई राम्राे मानेकाे देखिन्न या राम्राे मानिदैन तर समाजमा संभाेेग या याैन क्रियाबारे नकारात्मक अबधारणा हुँदाहुँदै पनि हामीले हाम्रा धर्म ग्रन्थहरु जसमा प्रायः धेरै जसाे पुराणहरु पर्दछन् । तिनीहरुमा भगवान स्वरुप ब्रह्मा, बिष्णु र महेश लगायत अन्य देवीदेवताहरु सबैकाे इतिहास हेर्दा सबैले अनेकाैं राशलिलाहरु गरेकाे कथाहरु लेखिएकाे बिभिन्न अवसरमा मज्जाले सुन्ने गरेका छाैं । स्कन्ध पुराण अर्थात स्वस्थानी ब्रत कथा जस्ताे अति पवित्र ग्रन्थमा कैयाैं पटक राशलिलाकाे वर्णन गरेकाे पाइन्छ भने देवताहरुका राजा इन्द्रदेखि भगवान नारायणका अवतारहरुमा सबैभन्दा बिशिष्ट लिला गर्ने श्रीकृष्णकाे त वर्णन गरि साध्य छैन । श्रीकृष्णकाे त्याे पक्षलाई दुषित मान्दै मात्र बाल श्रीकृष्णकाे पुजा गर्ने कृष्ण प्रणामीहरुकाे छुट्टै कृष्णपंथी समुदाय पनि निस्केकाे देखिन्छ । कैयाैं मठ मन्दिरहरुमा याैन क्रिडाका बिभिन्न आशनहरु ढुंगामा,काठमा भित्तामा चित्रित गरेकाे देखिन्छ ।
हिन्दू धर्ममा मात्रै हाेइन बाैद्धमार्गीहरुका गुरु राजकुमार पद्मसम्भव जसलाई गुरु रिम्पाेछे भनेर पुजा गरिन्छ, मानिन्छ सम्मान गरिन्छ उहाँले गर्नु भएकाे तन्त्र साधना मात्रै हाेइन उहाँ की विशिष्ट चेली राज कुमारी ये-शे त्साेग्याल (Yeshe Tsogyal ) या येसे छाेग्यालकाे जीवनमा याैन क्रिया या संभाेग कार्य अनेक स्वरुपमा वर्णन गरेकाे पाइन्छ विशिष्ट साधना गरी २६३ बर्ष बाच्नु भएकी यी माताले आफुभन्दा ३५ बर्ष कान्छाे भक्तपुरका सल आचार्यसंग गरिएकाे संभाेग पछि जवानी फिर्ता पाएकाे प्रसंग जति राेचक छ अंझ त्याे भन्दा राेचक त काेड (Leprosy) ले फतक्कै गलेकाे बुढाे काेडीलाई समेत आफ्नु जवान शरिर प्रयाेग गर्न दिएर यानि संभाेग गर्न लगाएर ती काेडी बुढाेले येसे त्साेग्यालबाट बिशिष्ट उर्जा पाएकाे वर्णन पनि कम राेचक छैन ।
यस्ता पाैराणिक ग्रन्थहरुमा वर्णन गरिएका राश लिलाका कथाहरुबाट प्रष्ट हुन्छ कि रुपवतिहरु अंझ रुपमय, अजम्मरी र महान् हुन्। उनिहरुले आफ्नु शरिर अरुलाई प्रयाेग गर्न दिएर कतिपय राेगी र पीडितकाे कल्याण गरेका रहेछन्। कसैलाई जीवन दिने,राेग मुक्त गर्ने, तनाव मुक्त गर्ने, शिथिल भएर थला परेकाे बुढाे शरिरलाई उर्जाशिल बनाउन सक्ने, जवान बनाउन सक्ने, बुद्धिमान बनाउन सक्ने शक्ति बास्तवमा संभाेग र वीर्य नै रहेछ याे वीर्य बाहिर नफालेर आफ्नै शरिमा या दिमागमा तान्न सके त्रिलाेक र त्रिकालदर्शी बिद्वान हुन सक्ने रहेछ भने महिला र पुरुषमा अश्लिल र भद्दा तरिकाले हाेइन एकदम शुद्ध मन र भावनाले मन मिल्नेहरुले महिला पुरुष दुबैकाे सहमतिमा गरेकाे याैन कार्य या संभाेगले महिला पुरुष दुबैलाई स्वस्थ, चिन्ता रहित र उर्जावान बनाउन मदत पुर्याउछ भने अर्काे तिर जबर्जस्ती गरिने याैन कार्य या संभाेग त्याे पति पत्नी बीच नै किन नहाेस नकारात्मक असर पनि गर्छ, मानसिक असंतुलन पनि ल्याउन सक्छ । याैन कार्यकै लागि कतिपयले बलात्कार र हत्याकाे शिकार हुनु परेकाे पनि छ। आजीवन मानसिक राेगी भएर जिउनु परेकाे पनि यसै समाजका यस्ता कथाहरु पनि थुप्रै छन् ।
येसे त्साेयाल जस्ता महान् साधवी र सन्तहरुकाे जीवन अत्यन्तै त्यागि ,उदार र मानवता प्रति समर्पित भाेकाे बाघलाई समेत तृप्त गर्न सक्ने शक्ति परसेवाबाट बुद्धत्व प्राप्त गर्ने महान् समर्पणमा आधारित छ । हिन्दू धर्म पनि त्यस्तै छ तर हिन्दू समाज त्यति उदार देखिदैन त्यसैले त्यसमा ब्रह्मचर्य,एकचित्त प्रवृति,पवित्रता,भाैतिक बिषयमा नियन्त्रण गर्नु पर्ने भन्ने कुरामा जाेर दिने गरिएकाे पाइन्छ तर त्याे कुराले याैन क्रिया या संभाेग माथि बन्देज नै लगाएकाे हाे भन्ने अर्थ लाग्दैन । बिबाहित जाेडी पतिपत्नीमा या स्वइच्छाले मन मिलेकाे साथीसंग संभाेग या याैन क्रिया गर्नुमा कसैकाे बिमति या बन्देज लगाउनु पर्ने बाध्यकारी नियम कुनै धर्म र जातिमा छैन ।
मानव विकासका दृष्टीले आदिथलाे कर्णाली अंचलमा खसानमा खस जाति र जडानमा जाडहरु बीच उमेरका साथै आआफ्नु गाेत्र छाेडेर बाहिर वर्ण तहमा बाहुनले बाहुनसंगै,ठकुरीले ठकुरीसंगै,क्षेत्रीले क्षेत्रीसंगै,तागाधारीले तागाधारीसंगै र मतवालीले मतवालीसंगै छाेट्टी बस्ने चल्न अंझै पनि शेष छ । त्यसमा गीत संगीतसाथै मन परेका र मन मिलेका युवा युवतीहरुले आपसमा माया प्रेम पनि साटासाट गर्न सक्छन् । कतिपयः त पछि बैबाहिक बन्धनमा बाँधिएर पतिपत्नी भएर आजीवन संगै बस्छन भने कसै कसैले अन्यत्र बिबाह गरे पनि यसरी छाेट्टी बस्ने कुरालाई त्यहाँकाे समाजले नराम्राे या अन्यथा मानेकाे देखिन्न र त्याे समाजले त्यसलाई याैन विकृति भनेर कतै उल्लेख गरेकाे पनि पाइदैन । यस्ताेे समाजमा मानसिक दुर्बलता र शारिरिक असक्तता हुँदैन । यस्ताे समाजमा न त काेही झ्यालमा बसेर आँखा सल्काएकाे भरमा लुकेर भाग्नु पर्ने हुन्छ न त काेही आफ्नै तिर लाग्नु पर्ने हुन्छ न त काेही जनावर तिर लाग्न विवश हुनु पर्ने हुन्छ ।
संभाेग तन र मनकालागि एक निश्चित चरणमा पुगेका मानिसहरुका लागि अत्यन्त आवश्यक छ । संभाेग गरिनुका १० प्रमुख कारणहरु पेश गर्दै एउटा लेखकले प्रस्तुत गरेकाे तथ्याङ्क यस प्रकारछ ।
१. संभाेगले धपेटी ( Stress ) बाट मुक्त गर्छ,रक्तचाप नियन्त्रण हुन्छ भनेर याे कुरा स्कटल्याण्डका अनुसंधानकर्ताहरुले २४ महिला र ३२ पुरुषमा गरेकाे अनुसंधानबाट थाह पाएकाे कुरा बायाेलाेजिक साइक्लाेजी भन्ने पत्रिकामा प्रकाशित लेखमा उल्लेख गरिएकाेछ ।
२.संभाेगबाट शरिरकाे प्रतिराेधक क्षमता बढ्छ भन्ने कुरा बिल्केस विश्वविद्यालय ( फान्सिल्भानिया) का बैज्ञानिकहरुले गरेकाे परिक्षणबाट थाह भएकाे भन्ने छ । ११२ जना विद्यार्थीकाे र्याल माथि गरिएकाे अनुसंधानमा संभाेगबाट इम्युनाेग्लाेबुलिन *ए" र आईजी "ए" प्रतिराेधक तत्व बढेर त्यसले रुघा खाेकी तथा अन्य घाउ खटिरा नियन्त्रण गरेकाे उल्लेखछ ।
३.संभाेगले पाचन शक्ति बढाएकाे उल्लेख गर्दै एउटा लेखमा ३० मिनेट संभाेग गरे ८५ क्यालाेरी खाद्य जलाउन सकिने उदाहरण दिदै अमेरिकन एसाेशियशन अफ सेक्सुअलिटी इजुकेटर्स एण्ड थेरापिष्टसका चेयरमेन तथा लस एन्जल्सकी सेक्साेलाेजिस्ट डाक्टर फाट्टी ब्रिटाेनले संभाेग ज्यादै राम्राे शारिरिक कसरत हाे भन्ने दाबी गरेकी छन् ।
४.संभाेगबाट हृदयकाे गति बन्द गर्ने हृदयघात राेकन सकिने बेलायतकाे सरुवा राेग तथा सामुदायिक स्वास्थ्य भन्ने पत्रिकाले २० बर्षसम्म ९१४ जना बिरामीहरु माथि गरेकाे परिक्षण अनुसार संभाेगबाट हृदयघात राेक्न सकिने दाबी गरेकाेछ ।
५. संभाेगबाट मान्छेकाे आत्म सम्माण र आत्म विश्वास बढ्छ भनेर टेक्सास विश्वविद्यालयका अनुसंधानकर्ताहरुले आर्काइक्स अफ सेक्सुअल बिहेभिअरमा प्रकाशित प्रतिवेदन अनुसार संभाेगले मान्छेलाई संताेष बनाउछ । म्पासाचुयट्सकाे क्याम्ब्रिजकी सेक्स थेरापिस्ट डाकटर जीना ओगडनले संभाेग गरेपछि मान्छेहरुले आनन्द महशुस गर्छन त्यसैले उनीहरुकाे आत्मबल र आत्मसम्मान बढ्छ भनेकीछन् ।
६. संभाेगबाट आत्मीयता बढ्छ ,नर्थ क्यासेलिना र पिट्सवर्ग विश्वविद्यालयका अनुसंधानकर्ताहरुले आफ्ना लाेग्नेहरुसंग संभाेग गरेका ५९ महिलाहरु माथि गरेकाे खाेजबाट तिनीहरुकाे अक्सिटाेसिन हार्माेनकाे मात्रा बढेकाे पाए । मानव शरिरमा अक्सिटाेसिन हार्माेनकाे मात्रा बढ्याे भने त्यसले विश्वास र माया बढाइ दिन्छ । त्यसैले अक्सिटाेसिनलाई प्रेम (Love) हार्माेन पनि भनिन्छ ।
७. संभाेगबाट पीडा भाग्छ । अक्सिटाेसिन हार्माेनकाे लहर आयाे भने इन्डाेरफिंस बढ्छ र यसबाट टाउकाे दुख्ने,बाथ अथवा पीएमएसकाे पीडा स्वतः कम भएर जान्छ । याे सबै अक्सिटाेसिनकाे मात्रा बढेर नै हाे ।
८. संभाेगले शिश्न ग्रन्थी (Prostate Glands)काे क्यान्सरकाे जाेखिम हटाउछ । ब्रिटिश जर्नल अफ युराेलाेजी इन्टरनेशनलमा अष्ट्रेलियाका अनुसंधानकर्ताहरुकाे एक प्रतिवेदनका अनुसार जीवनका पछिल्ला चरणहरुमा मान्छेमा हुने प्राेस्टेट क्यान्सरकाे खतरा लगातार संभाेग गर्नेहरुमा भेटिएन । अमेरिकन जर्नल अफ मेडिकल एशासियशनले महिनामा २१ चाेटी भन्दा बढी संभाेग गर्नेहरुलाई प्राेस्टेट क्यान्सरकाे जाेखिम हुँदैन भनेकाे छ ।
९. संभाेगले नितंबकाे समतल मासपेसीलाई बलियाे पार्छ । यसरी जीवनकाे पछिल्लाे चरणमा मुत्र ( पिशाब) राेक्न नसक्ने पीडाबाट छुट्कारा पाइन्छ।
१०. संभाेगले मान्छेलाई गहिराे निद्रा प्रदान गर्दछ । संभाेगका कारण अक्सिटाेसिन बढेर मान्छेलाई गहिराे निद्रा लागेर मान्छेकाे शरिर स्वस्थ हुन्छ र रक्तचाप पनि संतुलित हुन्छ अनि यसले मान्छे सक्रिय हुन्छ र दीर्घजीवि पनि हुन सक्छ ।
त्यसैले संतुलित,मर्यादित अनि ब्रह्मचर्यमा रहेर आफ्नु जीवन संगिनी या प्रेमिकासंग मात्रै गरिने संभाेगले महिला पुरुष दुबैलाई सक्रिय र स्वस्थ बनाउछ । त्यसैले सबैले स्वस्थ रहनकाे लागि संभाेगकाे धेरै फाइदा छ भनेर जथाभावी जाेसंग पनि जसरी पनि याैन सम्पर्क गर्दा फाइदाकाे ठाँउमा नाेक्सान पनि हुनसक्छ ।अमृत पनि खान नजाने बीष बन्छ । त्यसैले संभाेगलाई नकारात्मक साेच राखेर बलजफती या जालझेल गरेर नगराैं । त्यसले दुबै पक्षलाई आनन्द दिदैन जसकाे असर नराम्राे पर्न जान्छ ।
खाने लाउने कुरा भन्दा पनि संभाेग भनेकाे दुइ आत्माकाे मिलन हाे, प्रेम हाे, समर्पण हाे यसलाई यसरी बुझेर सही ब्यक्तिसंग माया प्रेममा डुबेर गर्ने हाे भने मान्छेकाे जीवन स्वस्थ र सुखमय तथा आनन्दसंग बित्ने छ, सृष्टिकाे चक्र अगाडि बढ्ने छ । स्वस्थ,स्वच्छ र मर्यादित याैन क्रिया या संभाेगले आपसमा मायाप्रेम बढाउछ, यसले संसारमा शान्ति फैलाउनुकाे साथसाथ मनुश्य जीवन सुखमय चिन्ता रहित (Stressless) बनाउछ । त्यसैले मनुश्यले संभाेगकाे सही उपयाेग गर्न सक्नु पर्छ भने अनैतिक र अमर्यादित तरिकाले जति वेला जाे संग पनि संभाेगले फाइदा गर्छ भनेर जबरजस्ती गर्ने हाे भने यसले ठुलाे हानी नाेक्सानी पनि गर्न सक्छ ।
संसारमा धेरै शक्तिशाली मानिएका राजा,महाराजा या कतिपय: विश्व प्रसिद्ध नेताहरु परस्त्री गमनकै कारण अकालै अनेक राेग लागेर मरेकाे, मारिएकाे, राज्य समेत हरण भएका, ठुलाठुला युद्धहरु भएका घटनाहरु पनि इतिहासमा गन्न नसकिने, उनिहरुकाे क्रुर याैन क्रिडाकाे वर्णन गर्न पनि नसकिने घटनाहरुले इतिहासका पाना भरिएका छन । त्यसैले संभाेगलाई एउटा ब्यक्तिकाे मात्रै माैज मस्तिकाे साधन नमानेर याे एउटा बायाेलिकल आवश्यकता हाे, सृष्टिलाई अघि बढाउने प्रकृतिकाे वरदान हाे याे घृणा हाेइन माया गर्ने दुई प्राणीलाई माया प्रेमकाे डाेरीमा बाँधने प्रकृतिकाे देन हाे यसलाई सम्हालेर सही र स्वच्छ तरिकाले उपयाेग गर्न जान्याे भने मानवीय समाजमा सुख शान्ति र आनन्दित प्रेमकाे भावना जागृत भएर घीर्णा र नफरत याे ब्रह्माण्डबाट हराउने छ ।