कांग्रेस सभापति देउवा दम्पत्ति सिङ्गापुरबाट स्वदेश फिर्ता

5.4k Shares

काठमाण्डौ – नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र डा. आरजु राणा देउवा सिङ्गापुरमा थप उपचारपछि स्वदेश फर्कनुभएको छ । उहाँहरु हिजो बेलुका स्वदेश फर्कनुभएको हो ।

देउवा दम्पत्तिलाई त्रिभुवन विमानस्थलमा कार्यवाहक सभापति पूर्णबहादुर खड्का, प्रवक्ता डा. प्रकाशशरण महतलगायतका नेताहरुले स्वागत गर्नुभयो ।

गएको भदौ २४ गतेको जेन–जी प्रदर्शनका क्रममा आफ्नै निवास बुढानिलकण्ठमा कुटपिटबाट उहाँहरु घाइते हुनुभएको थियो । देउवा दम्पत्ति गएको कात्तिक १० गते थप उपचारका लागि सिङ्गापुर जानुभएको थियो । 

सम्बन्धित समाचार