चौतारा हाफ म्याराथन २४ पुसमा

17.1k Shares

काठमाडौं, १२ पुस । सिन्धुपाल्चोकको चौतारमा पहिलो पटक चौतारा साँगाचोकगढी नगरपालिका मेयर कप खुल्ला हाफ म्याराथन हुने भएको छ । चौतारा साँगाचोकगढी नगरपालिकाको आयोजनामा २४ पुसमा ५ विधामा हाफ म्याराथन हुन लागेको हो । 

प्रतियोगितामा पुरुष र महिला तथा ४० देखि ५५ वर्षसम्मको भेट्रान्स पुरुष , महिला  र ५५ वर्षमाथिका ‘सुपर भेट्रान्स’ हुनेछ । 

आयोजकले पत्रकार सम्मेलनमार्फत भेट्रान्सतर्फको सबै इभेन्ट १५ किलोमिटरमा हुने बताएका छ । हाफ म्याराथनको पुरुष विजेताले ४४ हजार ४४४ तथा महिला तर्फकोले २२ हजार २२२ पाउनेछन् । 

प्रतियोगिताको दौड साँगाचोकगढीबाट सुरु भई उल्केनी, ईर्खु, मेलचौर, चौतार हुँदै टुडिखेल आएर टुंगिनेछ ।

सम्बन्धित समाचार