- स्वामी सत्यव्रत
अध्यात्म र धर्म विनाको विज्ञान अन्धो हुन्छ भने विज्ञान विनाको अध्यात्म र धर्म लङ्गडो हुन्छ । यी दुबै एक आपसका विरोधी नभएर परिपूरक हुन् । जीजस क्राइष्टको जन्मको बारेमा रोमन क्यालेण्डर अनुसार अप्रिल १७, ६ विसी भनिएको छ । यो समय भनेको रोमन क्लेण्डर अनुसार १७÷०४÷७४७ हो तर खास गरी उनको जन्म यसलाई नमानेर ७ – ४ विसी लाई मानेका छन् । उनको जन्म र मृत्यु नै विवादास्पद छ, त्यसलाई किटान नै गर्न सकेको छैनन् किन ?
ईसा मसीहको बारेमा उनको १८ वर्षको (१३–३० वर्षको समय) उर्वर जीवनीको सम्बन्धमा ईसाई पादरीहरुलाई यदि तपाईहरुले पनि समय पाउनु भयो भने सोध्नु होला, उनीहरुसँग कुनै जबाफ छैन । के उनीहरुलाई थाहा छैन त्यस बारेमा ? त्यसो होइन त्यस बारेमा उनीहरुले बताउन चाहन्नन् किनकि त्यो बताए भने कुनै पनि व्यक्तिले क्रिश्चियन धर्मलाई विश्वास गर्दैनन् र मान्दैनन् पनि । अब इतिहासले बोलेका केही कटु सत्य मैले यहाँ राखी दिएको छु, जो सबैको लागि मार्ग दर्शक नै बन्ने छ । आज भेटिकनसिटिबाट ८० करोडभन्दा धेरै धर्तीको जनसंख्यालाई धार्मिक नेतृत्व दिइरहेका क्रिश्चियनहरुले धर्म परिवर्तनको तारो सनातन हिन्दू धर्ममा आश्था र विश्वास राख्नेहरुलाई गराएका छन् । उनीहरुलाई थाहा भइकन पनि झूठको खेती गरिरहेका छन् वा उनीहरुले अन्धतालाई अपनाइ रहेका छन्, आँखा बन्द गर्दैमा सूर्यास्त भएको हुँदैन वा चारैतिर अन्धकार छाएको हुँदैन, ईशाइ धर्मका धर्म प्रवर्तक ईसामसीह पनि आर्य पुत्र नै थिए ।
कुनै पनि विषय बस्तुलाई जवर्जस्ती थोपर्न सकिदैन, भारतीय हिन्दू सनातन धर्मको गणना अनुसार ईसाको जन्म विक्रमको पहिलो सताब्दीमा मानिएको छ । ईसाले भन्दा पहिले मुसाले चलाएको यहुदी धर्मलाई ओल्ड टेष्टामेण्ट भनिएको छ भने ईसाबाट चलाइएको धर्मलाई न्यू टेष्टामेण्ट भनिएको छ । मैले माथि नै जनाइ सकेको छु कि १८ वर्षको ईसाको समय कहाँ वित्यो ?
जीजस क्राइष्ट सनातन हिन्दू धर्म मान्ने व्यक्तित्व नै थिए भन्ने केही प्रमाणहरु ः–
१) डा. निकोलस नोटोवीच :– यिनको जन्म सन १८५८ मा भएको थियो र उनको मृत्यु १९१६ मा भएको थियो । यिनी रसियन डा. र पत्रकार पनि थिए । यो समयको बारेमा रुसी विद्वान् डा. निकोलस नोटोवीचको शोध पत्र “ईसाको अज्ञात जीवन” का अनुसार महात्मा ईसा पहिले एमडी साधु थिए । एमडी भनेको युरोपको कुनै प्रान्तको नाम हो, करीब आजभन्दा २२ सय वर्ष पहिले त्यहाँ एस्सेन पन्थका मानिसहरु बस्दथे । त्यस ठाउँबाट हिँडी ईसा भारतमा आएका थिए, यो डा. नोटोविचले ४० वर्षको खोज पश्चात प्रकाशमा ल्याएका हुन् । सनातन हिन्दू र बुद्धिष्ट धर्मको अध्ययनकै क्रममा ईसा भारतका जम्बुद्विपहरु हुँदै, नेपालको लुम्बिनी क्षेत्र हुँदै बौद्ध भिक्षु र लामाहरुसँग तिव्वतको “हिमोस” बौद्ध गुम्बामा पुगी ज्ञान आर्जन गरेको समेत उल्लेख अहिले पनि त्यस गुम्बामा निहित ताडिपत्र, भोजपत्र आदिमा ईसाको जीवनी लेखिएको प्रमाणहरु जीवन्त छन् । यसमा १८ वर्ष नेपाल र भारत भ्रमण गरेको यात्रा वर्णन आपैm
ईसाले गरेका छन् । हिमोस गुम्बामा १४ प्रकरणको २४४ श्लोकमा भएको वर्णनले ईसा सिन्धु प्रदेशबाट आर्यवर्त पुगिकन जगन्नाथपुरी पुगी ब्राह्मणहरुसँग बैदिक सनातन धर्मको दीक्षा लिएर बेदशास्त्रको अध्ययन गरेका थिए अनि उनले ६ वर्षसम्म बौद्ध विहारमा बसी ज्ञान लाभ गरेका थिए ।
२) साधु रामसुखदास :– साधु राम सुखदासजी महाराज गन्नेमान्ने र आध्यात्मिक रुपमा विज्ञ व्यक्तित्व हुनुहुन्थ्यो । उहाँलाई भारत वर्षमा ठूलो सम्मान थियो र विभिन्न धर्ममा जीवन जिएकाहरुले पनि उहाँलाई राम्रो सम्मान गर्दथे । उहाँले लेखेका केही पुस्तकहरुको नाम मैले यहाँहरु समक्ष राख्न उचित सम्झेर प्रस्तुत गरिदिएको छु । किनकि व्यक्ति आपूmले गरेका कर्महरुद्वारा नै विश्वभरमा चिनिने हो र जन्मको सार्थकतालाई अगाडि ल्याउने हो अनि मृत्युपछिको अमरतालाई विश्व सामु राखिदिने हो । यस शाश्वततालाई मैले अलिकति राखिमात्र दिएको हुँ, यसको सम्बन्धमा साधु रामसुखदासले सनातन हिन्दू र बुद्धिष्ट धर्मको अध्ययनकै क्रममा उनको यात्राको बारेमा “महात्मा ईसा और उनके भारतमे दीक्षा” नामक पुस्तकमा पनि विस्तृत रुपमा प्रस्तुति दिनु भएको छ (कासीबाट प्रकाशित पुस्तक) । यसमा सनातन हिन्दू धर्म सँस्कृति बौद्ध धर्मसँग मेल खाने शाश्वततालाई पाश्चात्य मूलुकका विद्वान्हरु स्मिथ, विन्टरनीज, इलियट लगायतका विद्वान्हरुले पनि स्वीकारेका छन् ।
३) डा. जकालियट :– डा. जकालियटको “इण्डिया इन बाइबल” मा त वेद, शास्त्र, पुराण, गीता, महाभारत, रामायण आदिको मिश्रित रुप नै न्यू टेष्टामेण्ट हो भनेका छन् । यो यात्रा पनि सनातन हिन्दू र बुद्धिष्ट धर्मको अध्ययनकै क्रममा भएको थियो । त्यस बेलामा जर्मनका प्रसिद्ध विद्वान म्याक्समुलर (फ्रियाड्रिच म्याक्समुलर ६ डिसेम्बर १९२३ – २८ अक्टोबर १९००) ले त डा. जकालियटलाई त भारतीय ब्राह्मणहरुको भूmठो खाएको छ पनि भनेका छन् ।
४) महेन्द्र कुल श्रेष्ठ :– महेन्द्र कुल श्रेष्ठको “क्या ईसाका धर्म पहिले भारतमे चला” मा त ईसा फिलिस्तानमा सुलीमा मरेको होइन कि बाहाना पारेर भारतमा पठाएका हुन् भनेर सिद्ध नै गरिदिएका छन् (अमृत प्र. २६ डिसेम्बर, १९७८) । सनातन हिन्दू र बुद्धिष्ट धर्मको अध्ययनकै क्रममा उनी कुनै न कुनै प्रकारले भारत र नेपालमा आएकै हुन् ।
५) पी.एन.ओक (पुरुषोत्तम नागेश ओक) :– त्यस्तै पी.एन.ओक (पुरुषोत्तम नागेश ओक २ मार्च १९१७ – ४ डिसेम्बर २००७) को “क्रिश्चियानिटी इज कृष्णनीति” ले पनि धेरै कुरा छर्लङ्ग पारेको छ । सनातन हिन्दू र बुद्धिष्ट धर्मको अध्ययनकै क्रममा, अध्ययनकै लागि र उनले आर्जन गरेका विशेष ज्ञानको श्रेय सनातन हिन्दू धर्म सँस्कृतिलाई नै जान्छ भन्नेमा दुई मत हुन नसक्ने देखिन्छ । क्रिश्चियनहरुको मान्य धर्म ग्रन्थ तौरेत, अञ्जील, बाइबल आदिमा पाइने र उनीहरुको मुसाई रोमन क्याथोलिक, प्रोटेष्टेण्ट, थियासफी आदि सबैमा सनातन हिन्दू धर्म सँस्कृतिकै आत्मा देखिन्छ, उनीहरुको आफ्नो मौलिकता केही पनि छैन ।
६) स्टेफेन न्याप :– स्टेफेन न्यापका अनुसार जीजस क्राइष्ट सनातन धर्म सँस्कृतिकै अध्ययनको क्रममा अन्त्य कालमा समेत भारतमा आएका थिए, उनले चलाएको धर्मलाई ईशाई धर्म भनेर भन्नेहरुले अलिकति सोच्नु पर्ने हुन्छ कि उनले त्यो मुलुकलाई छाडेर अन्त्यमा पनि सनातन धर्म सँस्कृतिकै खोजिम भारत, नेपाल र तिब्बत समेतको यात्रा गरेका थिए, अझ स्मरणीय के छ भने उनले आफ्नो शरीर भारतको काश्मिर श्रीनगरमा त्यागेका थिए, त्यहाँ उनको समाधी छ तर सन २००७ सालपछि पश्चिमाहरुले नै पश्चिमाहरुको लागि श्रीनगर स्थित जिससको समाधीलाई हेर्न बन्द गरिदिएका छन् । यसरी क्रिश्चियनहरुले किन बन्द गरे मात्र होइन, सबै धर्मावलम्बीहरुले यस विषयमा चासो राख्नु पर्ने विषय हो जस्तो लाग्छ । काश्मिर श्रीनगर स्थित जीजस क्राइष्टको समाधी यसै भवनभित्र बनाइएको छ ।
७) गंगा शंकर एम.ए. :– यिनका अनुसार फ्लारेंसमा ईसाकी आमा मेरियमको र ईसाको पनि मूर्ति राखेका छन् । यसमा ईसाले जनेउ/जनै धारण गरेका छन् । मेक्समिलन गिर्जाघरमा पनि त्यही मूर्ति राखिएको छ, यसमा मेरियमले सारी, गुनियु र निधारमा टिका पनि लगाएकी छिन्, जुन हिन्दू नारीहरुले लगाउँछन् । जर्मनको म्यनिक चित्रघरमा ईसाको मूर्तिमा सन्यासी महात्माको भेष छ, निधारमा टिका लगाएका छन् । म त पुगेर देखेको छैन तर गंगा शंकर एम.ए.को “भक्ति भि विदेशियो कि देन” भक्ति अंक प्रकाशित गोरखपुरका अनुसार भेटिकनसिटीमा पनि ईसाको एउटा चित्र पोप धर्मगुरुको राजमहलमा छ, जसमा हिन्दू साधु भेष, धोती, टिका र टुप्पि सहितको चित्र छ ।
८) मौलाना मुहमद अली :– यिनका अनुसार कुरानको अंग्रेजी अनुवादको भूमिकामा ईसालाई सुलीमा चढाइकन बचाएर भारतमा आएपछि योग समाधीमा कश्मिरमा शरीर छुटेको हो । कुरानमा “सूरतें निशा पारा” भन्ने प्रकरणमा ६–१५७ मा सूलीमा ईसा मरेका होइनन्, अरु नै ठाउँमा भागेर गएका थिए भन्ने लेखिएको छ ।
९) पंडित रघुनन्दन शर्मा साहित्य भुषण :– यिनले सनातन हिन्दू र बुद्धिष्ट धर्मको अध्ययनकै क्रममा उनको यात्राको बारेमा प्रष्टाउँदै बैदिक सम्पत्तिको ३६३ पृष्ठमा भारतमा आएर जिजस क्राइष्टले काशी र विहारमा आई सनातन हिन्दू धर्म सँस्कृतिको बारेमा व्यापक अध्ययन गरेको र नेपालको बाटो हुँदै तिव्वतमा गएको बारे व्यापक रुपमा प्रष्टाएका छन् ।
१०) बाबा सावरकर :– यिनले ईशा जसलाई जिजस क्राइष्ट भनियो यिनी सनातन हिन्दू र बुद्धिष्ट धर्मको अध्ययनकै क्रममा उनको यात्राको बारेमा मात्र होइन कि ईसा भारतमा नै जन्मिएका हुन् भन्न पनि पछि परेनन् । भारतमा मात्रै जन्मिएर हिन्दू हुनु पर्छ भन्ने होइन तर उनले त ईशा हिन्दू परिबारमा नै जन्मिएका हुन् भन्ने कुरा उनको “ख्रिष्त परिचय” भन्ने ग्रन्थमा सिद्ध नै गरेका छन् । कुनै पादरीले पनि त्यस बेलामा यसको प्रतिकार समेत गर्न सकेका थिएनन् । यस बारेमा उनले प्रमाणहरु पनि बेजोड नै दिएको पाइन्छ ।
११) मेजर विल्फोर्ड :– यिनले पनि ईशा सनातन हिन्दू र बुद्धिष्ट धर्मको अध्ययनकै क्रममा उनको यात्राको बारेमा गतिलो र गहकिलो ग्रन्थ तयार गरेका छन् । यसको बारेमा यहाँहरुले अहिलेको समयमा इण्टरनेटको प्रयोगबाट प्रशस्तै अध्ययन गर्न सक्नु हुन्छ ।
१२) डा. बुकानीन :– यिनले पनि ईशा सनातन हिन्दू र बुद्धिष्ट धर्मको अध्ययनकै क्रममा उनको यात्राको बारेमा ईशा हिन्दू नै थिए भन्ने शाश्वततालाई स्वीकारेका छन् ।
१३) फ्रान्सिसी यात्री क्वेक्वनियर :– यिनले पनि १८ वर्षसम्म लगाएर ईशाको बारेमा खोज गरेर टुङ्गोमा पुग्दा ईशा सनातन हिन्दू र बुद्धिष्ट धर्मको अध्ययनकै क्रममा उनको यात्राको बारेमा लेख्दा हिन्दू नै थिए भन्ने शाश्वततालाई स्वीकारेका छन् ।
१४) पादरी गोपालाचार्य ः– यिनले पनि बाबा सावरकरको भनाइमा नै आप्mनो ग्रन्थको मूल मर्म बनाएका छन् साथै सनातन हिन्दू र बुद्धिष्ट धर्मको अध्ययनकै क्रममा उनको यात्राको बारेमा लेख्नेहरुले पनि सत्यतालाई धोका नदिएको तर्क दिएका छन् ।
१५) मौलाना मुहमद अली :– उनले कुरानको अंग्रेजी अनुवाद गर्दा लेखेका छन् कि सुलीमा चढाउन खोज्दा बचेर भारतमा आएर योग ध्यानमा रहेर शरीर छोडेका हुन् भन्ने कुरा माथि ८ नम्बरमा पनि उल्लेख गरिसकेको छु । फेरी पनि उनको भनाइलाई उद्धृत नगरी पूर्ण रुपमा यसको अर्थ प्रष्ट नहुने देखेकोले राखिदिएको छु । साँच्चीकै रुपमा सनातन हिन्दू धर्म सँस्कृतिसँग मेल खाने शाश्वतता के हो भने आदि कालमा शंकराचार्यले आप्mना शिष्यहरुलाई नामाकरण गर्दा पहिले चितामा राख्ने अनि आगो लगाइदिने अनि बचाओ, बचाओ भन्दै गुहार मागेजस्तो गर्ने तत्पश्चात चिताबाट निकाल्ने र उसको पुनर्जन्म भयो भनेर नामाकरण गर्ने गर्थे । त्यसै पक्षलाई यहाँ इङ्गित गरेको देखिन्छ । जिजसलाई पहिले क्रममा राखियो अनि छोडियो पनि मात्रै भिन्नता उनी भारत र नेपालमा आउँदा कुन नामले आए त्यसलाई पनि खोजकै विषयमा मैले राखिदिए ।
१६) अहमद कादियानी :– यिनले फिलिस्तीनलाई छाडेर ईशा जुन बाटो भारतमा पसे, त्यसको बर्णन र कसरी यिनले भारत नेपालको भ्रमण गरे अनि सनातन धर्म सँस्कृति र बौद्ध दर्शनको अध्ययन गरे भन्ने बारेमा “ईशा भारतमें = जिजस इन इण्डिया” भन्ने उनले लेखेको ग्रन्थबाट प्रष्ट हुन्छ ।
१७) चित्रकार निकोलस रोरिक :– यिनले आफ्नो १९२९ मा प्रकाशित “आर्ट अफ रसिया” भन्ने पुस्तकमा ईशा दुई पटक काश्मिर, लद्दाख, भारतमा आएका थिए भन्ने कुरालाई पनि प्रष्ट पारेका छन् – एक पटक ज्ञान आर्जन गर्न र अर्को पटक मर्न ।
१८) डा. स्पेसर :– यिनले “मिस्टिकल लाइफ अफ जिजस” भन्ने पुस्तक १९२९ मा प्रकाशित गरे र त्यसमा उनले पुष्टि गरेका छन् कि जिजस क्राइष्ट फिलिस्तीनमा सुलीमा मरेका होइनन् । ईशा त ६०–७० वर्षको उमेर पुरा गरेर स्वर्गवासी भएका हुन् । उनले त्यो पुस्तकको पृष्ठ २८९ मा लेखेका छन् कि ईशा १३ वर्षदेखि ३० वर्षसम्म धार्मिक शिक्षा लिनका लागि हिन्दू सन्यासी भएर कासी, जगन्नाथ, विहार, नालन्दा विभिन्न ठाउँमा तपस्या गरी अध्ययनरत थिए । महात्मा जिजस क्राइष्ट आपैmमा ठूलो महात्मा नै हुन् तर यिनलाई जसरी लिइएको छ त्यो भने सरासर मानिसप्रति गरिएको बेइमानी हो ।
यस्ता जानकारीहरु भारत वर्षका साधु सन्तहरु र विदेशी विज्ञहरुले हजारौँको संख्यामा दिएका छन् तर पनि फिरङ्गिहरुले १८ वर्षको समयलाई गोप्य राख्दै आप्mनो स्वार्थलाई पुरा गर्दै छन्, सावधान हुनु जरुरी छ, अध्ययनशील विद्वत् वर्गहरुले देखेका र भेटेका यस्ता शाश्वत प्रमाणिक अभिव्यक्ति, प्रस्तुती र कुराहरुलाई आध्यात्मिक जगत् समक्ष राखिदिनु पर्छ, यो नै विद्वत् वर्गहरुको ईमान्दारीता र धर्म हो । यसको एउटै समाधान हो सनातन हिन्दू धर्म सँस्कृतिमा आश्था र विश्वास राख्ने विश्वभरमा छरिएर रहेका हामी दाजुभाइ दिदी बहिनीहरु एक हौँ – “संघौ शक्ति कलौँ युगे ।” जिजस क्राइष्ट हिन्दू नै थिए भन्ने बारेमा त धेरै बुझेका पूर्विय र पाश्चात्य आध्यात्मिक, धार्मिक विद्वान्हरुको मतभेद नभएको तथ्य प्रकाशमा आइ सकेको छ, यसमा जिजस क्राइष्टको कुनै दोष छैन, बाचुञ्जेलसम्म आप्mनो पूरा जीवन आध्यात्मिकता सम्बन्धी अध्ययन र अनुसन्धानमा लगाएर सेवाही परमो धर्म भन्ने हिन्दू सनातन धर्मको मन्त्रलाई आत्मसात गरी काम गरेका थिए । त्यसैको कारणले गर्दा जीजस क्राइष्ट महान्, अजर, अमर छन् र त्यस स्थानमा तपाइ हामीहरु पनि पुग्न सक्छौँ, यस्तै असल असल कर्महरुद्वारा । तर यिनका पक्षधरहरुले मानिस मानिस बीचमा विष घोल्ने काम गरेका छन्, चाहे कुनै पनि धर्म शास्त्र किन नहोउन् पूर्वाग्रही छन्, प्रेमको गला रेट्ने काम भएको छ, यो त एउटा तपाइहरुलाई जानकारीमात्र हो, ईसाले सारा अध्ययन र ज्ञान आर्जन हिन्दू र बौद्धबाट गरे तर आज उनका अनुयायीहरुले हामीहरुलाई सैतान भन्दै दुई टुक्रा रोटी र दुई मिटर कपडामा किनिरहेका छन् र यो देशका संबाहक त्यसैमा बगेका छन्, यसको ठूलो मूल्य चुकाउनु पर्ने छ, हामीहरु धेरै पछि परिसकेका छौँ । जिसस क्राइष्ट हिन्दू र बौद्ध धर्मका विरोधी थिएनन् र होइनन्,
हिन्दू सनातन धर्म सँस्कृतिको बारेमा र बौद्ध दर्शनको अध्ययनपछि मात्रै उनले आफ्नो ईसाइ धर्मको प्रतिपादन गरेका हुन् । त्यसैले आज पनि क्रिश्चियनहरुले धर्म मार्पmत भन्दा पनि सेवा मार्फत जनताको मन मस्तिष्कमा छाप पारेका छन् र उनीहरुको मन जित्न सफल भएका छन् । आज पनि क्रिश्चियन धर्म सेवामुखी नै छ तर बत्तीको मुनी अध्यारो भए जस्तै केही अतिसयुक्तीहरु त छँदैछन्, जुन हामीहरुले कटुसत्यको रुपमा दैनिक जीवनमा भोगी नै रहेका छौँ ।
ईसा भारतमा दुई पटक आएका थिए, ज्ञान आर्जन गर्न पनि र मर्न पनि । कश्मिरमा आज पनि ईसाको समाधी विद्यमान छ, उनको धर्मको युरोपमा भन्दा पहिले दक्षिण भारतमा प्रचार भएको थियो, यो कुरालाई क्रिश्चियनहरुले पनि मान्दछन् । जेरुसलेममा उनलाई क्रुसिफाई गरेका थिएनन् ।
भेटिकनसिटीबाट डा. नोटोविच लगायतका यस्ता अकाट्य प्रमाणहरु भएका पुस्तक, थेसिसहरु पोलेर फाल्ने र ननिकाल्ने प्रयास समेत भएकाले यो हरुवा मनस्थितिलाई छाडेर यतार्थलाई स्वीकार होइन भने हामीहरुको ऐक्यवद्धतामा दखल नगर, ईसा हिन्दू नै थिए, हामी सनातन धर्म सँस्कृतिमा आश्था विश्वास राख्नेहरु एक जुट हुने बेला आएको छ ।