आकस्मिक सेवा बाहेक सबै सेवा बन्द

7.4k Shares

भारदह (सप्तरी) । राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंंह अस्पतालमा तोडफोड, आगजनी र अस्पतालका चिकित्सक माथि हातपात भएपछि अस्पतालको आकस्मिक बाहेक सबै सेवा बन्द भएको छ ।

अस्पतालको एनआइसीयु वार्डमा आईतवार उपचार भइरहेको नवजात शिशु माथि बिद्धुत सर्टभई बलिरहेको चिम खस्दा शिशु गम्भीर घाइते भएपछि आक्रोसित आफन्तले अस्पताल तोडफोड र आगजनी गरि अस्पतालका निमित्त मेसु दिलिप साहमाथि हातपात गरेको बिरोधमा अस्पतालले आइतबार राति एक सुचना जारी गरि सुरक्षाको प्रत्याभूति र दोषीलाई कार्वाही नगरेसम्म आकस्मिक सेवा बाहेक सबै सेवा बन्द गर्ने निर्णय गरेको थियोे ।

अस्पतालको आकस्मिक सेवा बाहेक सबै सेवा बन्द भएपछि अस्पतालका उपचारर्थ बिरामीले सास्ती भोग्नुपरेको छ । आइतबार साँझ एनआइसीयुमा चिम (बल्ब) झरेर आईतवारै जन्मभई बेलुकी अस्पतालमा भर्ना रहेका रूपनी गाउँपालिकाका हर्दियाका राम यादवका छोरा गम्भीर घाइते भएका थिए । 

चीम खसेर घाइते भएको शिशुलाई उपचारका लागि बिराटनगर लगिएको  शिशुका बाबू राम यादवले बताउनुभयो । उहाँले भन्नुभयो, शिशुको एनआइसियुमा उपचार भईरहदा बेड जलेर शिशुलाई पोलुन्जेल उपचारमा संलग्न नर्स के गर्दै थियोे ?

केही घण्टा अगाडि जन्मिएको त्यसरी त्यति घाइते कसरी भयो ? उपचारमा संलग्न नर्सले तत्कालै ध्यान दिएको भए शिशु यति घाइते हुने थिएन ।

यता पीडित परिवारले शिशुको उपचारका सम्पूर्ण खर्च अस्पतालले ब्यहोर्नुपर्ने, घटनाका सम्पूर्ण जिम्मेवारी अस्पतालले लिनुपर्ने माँग गर्दै आएका छन् ।

सम्बन्धित समाचार