सौन्दर्य, सौर्य र बुद्धिका प्रतीक देवगुरु बृहस्पति

6.2k Shares

प्रेम कैदी

त्रिदेवमध्ये एक ब्रह्माका पुत्र अङ्गिरा तथा उनकी पत्नी स्मृतिका पुत्र हुन देवगुरु बृहस्पति। देवगुरु धर्म, नीति, अर्थ र वास्तुशास्त्रका विशिष्ट दार्शनिक हुनुहुन्छ। प्रवाशक्षेत्रमा शिव भगवान्‌को घोर तपस्या गरेर उनले देवतालाई धर्म र नीतिको मार्गदर्शन गर्ने देवगुरु हुने वरदान पाए। जीव नाम हटाएर शिवले उनको नाम बृहस्पति राखे।

पुराणमध्ये स्कन्द पुराणमा यी महान् ऋषिबारे अनेकौँ रोचक कथाहरू भरिएका छन् र ती कथाहरू न केवल रोचक, तर उनको ज्ञान, दर्शन, सौर्य र असाधारण क्षमताको जानकारी पनि प्रदान गर्दछन्। युद्धमा इन्द्र जस्तो पराक्रमी योद्धालाई हराउनेदेखि लिएर आफ्ना कट्टर प्रतिद्वन्द्वी शुक्राचार्यको रूप धारण गरेर दैत्यहरूलाई नास्तिक मार्गमा लगाएर पतन गराउन सफल हुन्छन्।

यिनको जीवनबारे पुराणमा उल्लेखित हजारौँ रोचक प्रसङ्गमध्ये उनको जन्म अग्निदेव उनकी माताको पेटमा प्रवेश गरेको र उनका पिता सूर्यको स्थान लिएर बसेको अलौकिक वर्णन पाइन्छ। यस्तै, इला बनेका राजा सुधिम्नका लागि उनले गरेको प्रयत्न पनि कम रोचक छैन। महिला मुक्तिमा हिन्दूहरू संकीर्ण भएको भाष्य प्रचार गर्ने पाखण्डी सोच राख्ने तत्त्वहरू सन्दर्भमा सधैँ बृहस्पति पत्नी तारा अनि चन्द्रदेवको प्रेम तथा बुधको जन्मको कथा नारी मुक्ति वा खुला प्रेमालापको अनौठो उदाहरण पाइन्छ।

दम्पति र बुद्धिका देवता, ज्योतिष विज्ञान अनि यज्ञमा फलदायक यी देवश्रेष्ठको स्मृति मात्रले सबैको कल्याण हुन्छ। यस्ता देवताको बारेमा पुस्तक प्रकाशन गर्नु महान पुण्य कार्य हो।

ॐ जय बृहस्पति देवाय नमः!

सम्बन्धित समाचार