उनको स्वेटर जातीय आन्तर बिरोधको कथा

7.6k Shares

ऊनको स्वीटर
धान सुक्यो रापले
फकाउँछ काफ्ले
जानु कि नजानु...

झूमा लिम्बु र सुजन चापागाईंको स्वरमा सजिएको यो गीतले अहिले नेपाली सांगीतिक बजार तताएको छ। चलचित्र 'ऊनको स्वीटर' को यो गीत साना नानीबाबु, तन्नेरी र बुढाबुढी पुस्ता सबैको मन, मस्तिष्क र मुखमा झुण्डिएको छ। सँगसँगै जातीय अन्तरविरोधको कथा बोकेको उक्त चलचित्रको चर्चा पनि व्याप्त छ।

Unko-Sweater.jpg'गुरूङ युवती' र 'काफ्ले ब्राह्मण' युवकबीचको प्रेम-सम्बन्धमा आउने जातीय अन्तरकलहलाई चलचित्रमा समेटिएको निर्माण पक्षले जानकारी दिएको छ। पूर्वी नेपालको मनोरम सुन्दरता र त्यहाँको संस्कृतिले ओतप्रोत 'उनको स्वीटर' को नेपाली सिनेजगतमा चर्चा चुलिएको छ। पाँचथर जिल्लामा छायांकन गरिएको यो चलचित्र वर्षौंसम्म सबैले सम्झिइरहने चलचित्र बनेको छ।

यस चलचित्रका अभिनेता बिपिन कार्कीले पनि आफूले वर्षौंपछि सम्म सम्झिने चलचित्र 'उनको स्वीटर' बनेको स्वीकारेका छन्।
पुतलीसडकस्थित स्टार मलमा आयोजित पत्रकार सम्मेलनमा अभिनेता कार्कीले आफ्नो कामलाई फर्केर हेर्दा चलचित्र 'ऊनको स्वीटर' र धरणीधर काफ्ले पात्रको चर्चा हुने बताए।

'यो चलचित्रको भोलि व्यावसायिक नतिजा के होला, म अहिल्यै भन्न सक्दिनँ। तर, हामीले उठाएको विषय, यसको निर्माणले पनि वर्षौंसम्म यो चलचित्रको छाप सबैमा रहने छ,' उनी भन्छन्- 'ग्रामीण जीवनको यो नयाँ पुस्ताका लागि एउटा दस्तावेज।'

पनि हुनेछ । मैले आफ्नो उत्कृष्ट ठानेका पाँच चलचित्रमध्ये यो पर्छ ।
अभिनेता कार्कीले अभिनय गरेका यसअगाडिका 'जात्रा', 'हरि', 'नाका', 'सेल्फी' जस्ता चलचित्र र उक्त चलचित्रमा निर्वाह गरेको पात्रलाई विशेष मानेका छन् । ती चलचित्रको व्यावसायिक पक्षभन्दा पनि कलात्मक पक्षले आफूलाई आकर्षित गरेको उनको भनाइ छ । मैले नाम लिएका चलचित्रहरू मेरा लागि खास हुनाका कारण नै त्यसका पात्र हुन्, विषय हुन् । ती अहिले हेर्नुस् वा पाँच वर्षपछि उस्तै ताजा लाग्नेछन् । त्यसमा भएका पात्र सजिलै तपाइँसँग जोडिनेछन्', अभिनेता कार्कीले प्रष्ट्याए ।

चलचित्रमा अभिनेता कार्कीको जोडीका रूपमा मिरुना मगर प्रस्तुत भएकी छन् । चलचित्रका निर्देशक नवीन चौहानले पहिलोपटक कथा सुनाउँदा नै पात्रसँग जोडिएको अभिनेत्री मिरुना मगरले महसुस गरेको जानकारी दिइन् ।
'म निर्देशक चौहानले बनाउनुभएका सङ्गीतिक श्रव्यदृश्यसँग पहिल्यैदेखि नै प्रभावित थिएँ । यो चलचित्रमा काम गर्ने प्रस्ताव आउँदा मलाई निर्देशकले मेरो पात्र र परिवेशसँगै एउटा गीतको सानो टुक्रा सुनाउनुभयो । मैले त्यही समयमा चलचित्रमा काम गर्छु भनेकी थिएँ । किनकि उक्त पटकथाले मलाई चलचित्रको संसारमा सहजै पुऱ्यायो', अभिनेत्री मगर भन्छिन् ।

चलचित्रमा आफूले 'फूल' नामक पात्रको भूमिका निर्वाह गरेको अभिनेत्री मगरले जानकारी दिइन् । 'वास्तविक जीवनभन्दा उल्टो पात्र मैले चलचित्रमा निर्वाह गरेकी छु । त्यसकारण सुरूआती समयमा केही डर पनि थियो, तर अभिनेता कार्कीसँग काम गर्दा अभिनयका केही आयाम सिक्न पाएँ,' उनी भन्छिन्- 'म बाल्यकालमै नेपाल छाडेर विदेश गएकाले पनि ग्रामीण जीवनलाई धेरै बुझ्न पाएकी थिइनँ । तर, मैले चलचित्रमा निर्वाह गर्ने भूमिकामार्फत विभिन्न कला र संस्कृतिलाई नजिकबाट नियाल्ने मौका पाएँ ।' ती चलचित्रका पात्रमार्फत उक्त संस्कृतिसँग जोडिएर जीवन बाँच्न पाएँ,' अभिनेत्री मगरले सुनाइन्।

उनका अनुसार उक्त पात्र आफ्नो मनको कुरा फ्याट्ट भनिहाल्ने र त्यसको परिणाम नसोच्ने किसिमले तयार गरिएको छ। निर्देशक नवीन चौहानले 'नाम मुलायम' कथामा चलचित्र बनेको ठोकुवा गरे। 'कथालाई महसुस गरेर नै चलचित्रको नाम राखेको हुँ। कल्पना गरेको एउटा संसारलाई मैले चलचित्रमा चित्रण गर्ने कोसिस गरेको छु। यो चार वर्ष अगाडि नै सोचेको एउटा कथा थियो, अब केही दिनमा चलचित्र बनेर आउँदै छ,' चौहान भन्छन्। उनले आफूले साङ्गीतिक श्रव्यदृश्यमार्फत भिन्नभिन्न कथालाई प्रस्तुत गरेका कारण पनि चलचित्र निर्देशन गर्न प्रेरणा मिलेको बताए। 'गीत र त्यसका लागि निर्माण गरिने श्रव्यदृश्यभन्दा चलचित्र निकै फरक छ भन्ने मैले बुझेर नै त्यहीअनुसार आफूले सक्ने काम गरेको छु,' निर्देशक चौहानले भने।

चलचित्र 'ऊनको स्वीटरमा' पूर्वी नेपालको सुन्दरता र संस्कृतिलाई देख्न पाइने उनले जानकारी दिए। पूर्वी नेपालको पाँचथर जिल्लामा छायांकन गरिएको चलचित्रमा परीक्षा लिम्बू, विल्सनविक्रम राई, सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बा लगायतका कलाकारको पनि अभिनय रहेको छ। 'उनको स्वीटर' वैशाख २६ देखि नेपालसहित विदेशमा समेत चलचित्र प्रदर्शन भएको थियाे।

सम्बन्धित समाचार