धर्म संस्कृति बिना राष्ट्र सक्षम हुन सक्दैन

11.6k Shares

स्वामी सत्यब्रत

आदरणीय सनातन हिन्दू धर्म संस्कृतिमा विश्वास र श्रद्धा गर्ने आध्यात्मिक जगतको यात्रामा लाग्नु भएका सज्जनवृन्द,
दाजुभाई दिदीबहिनीहरु, आमाबुबाहरु र सहयात्री मित्रहरु । सनातनिक यात्रा भनेको आत्माको मात्र हुन सक्छ, आत्मा बाहेक अरु कसैले पनि सनातन यात्रा गर्न सक्दैन । आत्माबाट नै अध्यात्म बनेको हो, त्यसैले आत्मिक यात्रा र आध्यात्मिक यात्रामा कुनै पनि फरक छैन । सम्पूर्ण धर्मको जननी भनेको आत्मा नै हो, सनातन धर्म संस्कृति नै हो, जसलाई इङ्गित गर्दा यसको मूल सनातन हिन्दू धर्म संस्कृति नै हो ।

सनातन धर्म, संस्कृति यस धर्तीको सबैभन्दा पुरानो र आधुनिक धर्म संस्कृति हो, यसमा विरोधाभाष मान्नु पर्ने कुनै नयाँ शाश्वतता छैन, सनातनको अर्थ न त यसको आदि छ न त यसको अन्त्य नै छ । चाहे जे होस् निष्कर्षमा सनातन हिन्दू हिन्दू दूषयति इति हिन्दू, हीन भावनाहरुलाई रुपान्तरण गर्ने नै हिन्दू हुन् पञ्चतन्त्र धर्म संस्कृति जसलाई सही अर्थमा सनातन अध्यात्म नै भन्नु पर्दछ तर एकै पटक यसलाई यसरी नै मैले प्रस्तुत गरे भने अपाच्य हुन सक्छ ।

आजको यस समयसम्ममा यस धर्तीमा लगभग ३५० देखि ४०० धर्मको नाममा चलेका संस्थाहरु छन् र ती संस्थामा एक एक जना मुख्य धर्म गुरुहरु कहलिएर बसेका छन् । यदि उनीहरुको अरु पेशा केही छैन, त्यही धार्मिकताको भरमा आफ्नो जीवन यापन पनि गरेका छन् भने विचार पुर्याउनु पर्दछ । अध्यात्मलाई पेशाको रुपमा लिनु वा अपनाउनु हुँदैन, मैले यो मेरै एकल अध्यात्म शुद्ध नित्य कर्म हुनु पर्छ बलबुतामा व्यक्त गरेको शाश्वतता हो, अध्यात्म व्यापार होइन । अझ विडम्बना त यो छ कि प्रत्येक धर्म गुरुले आफैं धर्म ठूलो र आफ्ना अनुयायी, चेला चेलीहरु धेरै छन् भनी संख्या गन्ने गरेको पाइन्छ ।चेला चेलीको नाममा ९९ प्रतिशतले त धर्मको नाममा दासत्वको परिपाटीलाई अगाडि बढाएका छन्।

यो धर्तीमा शान्ति कायम गर्नको लागि अन्तर धर्ममा समन्वय हुनु जरुरी छ तथापि अहिलेको लागि धर्मको नाममा चलेका विविध संस्थाहरू भए तापनि मुख्य रूपमा ६ वटा धर्मलाई लिन सकिन्छ। जनसंख्याको हिसाबले हेर्दा सबैभन्दा बढी संख्यामा प्रथम स्थानमा क्रिश्चियन धर्म मान्नेहरू ३२५, जुन २.२ अरब हुन आउँछ। दोस्रो स्थानमा मुस्लिम धर्म मान्नेहरू जुन २३५ छ, संख्याको हिसाबले हेर्दा १६ अरब हुन आउँछ। तेश्रोमा हिन्दू सनातन धर्म पर्न आउँछ, जसको जनसंख्या १ अरब र प्रतिशतको हिसाबले हेर्दा १५% हुन आउँछ। चौथोमा ७१, बुद्धिष्ट संख्याको हिसाबले ५० करोड हुन आउँछ। पाँचौंमा जिउज धर्म पर्दछ, उनीहरू संख्याको हिसाबले १ करोड ४० लाख र प्रतिशतको हिसाबले हेर्दा ०२१६ हुन आउँछ। छैठौंमा साना तिना बाँकी रहेका धर्महरूमा ६० हुन आउँछन् जसमा जनसंख्याको हिसाबले हेर्ने हो भने ४० करोड हुन जान्छ। अब बाकी १६.७९९ भनेको Non religious र spiritual पर्दछन्, यिनीहरूको संख्या १ अरब, ११ करोड ९३ लाख, ३३ हजार, ३३३.३३ हुन आउँछ।
यो डाटा विश्वको जनसंख्या ४१ अरब, ३ करोड ३३ लाख, ३३ हजार, ३३३३३ भएको बेलाको हो।

यो समय भनेको कली युग हो र कलि युगमाको शक्ति भनेको संगठनमा छ, "संघौ शक्ति कलौ युगे"। यी ३/४ संय धर्मका नाममा चलेका संस्थाहरू सबै एक जुट हुनु आवश्यक छ किनकि आकासबाट परेको पानीतिर आफ्नो मुख फर्काएर तिखा मेटिन सक्दैन, त्यो पानीलाई सकलन गरेर पिउनु पर्छ। हामीहरू एक जुट हुन सकेमात्र नेपालको अस्मिताको संरक्षण र संवर्द्धन हुन सक्ने छ। खास गरेर आन्तरिक केन्द्र बलियो नभएसम्म परिधि राम्ररी सञ्चालन हुन सक्दैन, मीयो बलियो हुनु पर्छ दाई लगाउनको लागि। अध्यात्ममा केन्द्र स्थिर र परिधि गतिशील हुनुपर्छ, अध्यात्म कुनै चित्रकारले बनाएको बटवृक्ष होइन, जीवन्त बटवृक्ष हो।
अध्यात्ममा कुनै प्रतिस्पर्धा र तुलना हुन सक्दैन, अध्यात्मले प्रत्येक व्यक्तिको विलक्षणताको सम्मान गर्दछ।

यति भन्नुको कारण यस धर्तीलाई आध्यात्मिक रूपमा नियमन गर्ने सनातन हिन्दू संस्कृति धर्म नै हो। अरू ३/४ सय धर्मको नाममा स्थापित संस्थाहरूको समयावधी हेर्यो भने पनि २/४ हजार वर्षभन्दा पुरानो भएको इतिहास पाउन सकिन्छ। सकिदैन र ती सबै धर्महरु व्यक्तिले चलाएका धर्महरु हुन् जुन अति नै गौरवको कुरा हो किनकि सनातन हिन्दू धर्मले यस धर्तीलाई स्वर्ग र धर्तीमा रहेका मानिसहरुलाई देवता बनाउने मानववादी धर्मलाई अवलम्बन गरेको छ, जुन हिन्दू धर्म संस्कृतिको विलक्षणता पनि हो ।

हामीहरु कसैको विरोधी हुनु जरुरी छैन, रामको समर्थक हुनको लागि श्यामको विरोधी हुनु कुनै जरुरी छैन तर अग्रजलाई बिर्सिएर, उनीहरुलाई अनादर गरेर हामीहरु कहीं पनि पुग्न सक्दैनौँ। समय अनुसार यदि परिमार्जन वा रुपान्तरण गर्नु पर्छ भने त्यसमा लचकता छदै छ । इतिहास सांक्षी नै हुन्छ यसको लागि, त्यसैले बाबु विनाको छोरो र कुलो विनाको खेत हुँदैन भने जस्तै यी सम्पूर्ण धर्महरुको केन्द्र वा मार्गदर्शक भनेको सनातन हिन्दू धर्म संस्कृति नै हो । कण्ठस्थ होइन हृदयस्थ गर्नु पर्ने शाश्वत सत्य के हो भने सनातन हिन्दू धर्मलाई आत्मसात गरेका हामीहरु अति नै उदार छौं ।

नेपालको राजधानीको मुटु काठमाण्डौमा गगनचुम्बी मस्जिदहरु खडा रहेका छन्, क्रिश्चियनका गिर्जाघरहरु मौजुदा छन्, क्रिश्चियनका च्यानहरु छन्, मुस्लिम धर्म मान्ने कुनै व्यक्ति मरे भने उनीहरुलाई मक्का मदिना लैजानु पर्दैन तर विडम्बना हामीहरुले मुस्लिम राज्यहरुमा मन्दिर बनाउने सपना त छोडौं, मन्दिर बनाउने कुरामात्रै गर्यो भने पनि हामीहरुलाई आजीवन जेल सजाय दिन वा मृत्यु दण्ड दिन काफी छ । त्यो पनि ठीकै छ, Law of the land भन्ने पनि केही मूल्य राख्ने संस्कृति नै हो तर कमसे कम मानिसलाई मानिसको व्यवहार त होस् यस धर्तीमा । यो त सबैको साझा सवाल हुनु पर्छ, त्यसको लागि हामीहरु एक जुट हुनु जरुरी छ, यसमा आफ्नो स्वार्थ भन्दा पनि मानवताको हितको लागि एक जुट हुनु पर्यो बस् यत्ति हो मेरो भनाइ ।

विचारणीय सत्य के छ भने - जोर्डनमा एकजना हिन्दू धर्म मान्ने व्यक्तिको मृत्यु हुँदा यो भूत बन्छ किनकि यसले मूर्ति पूजा गर्ने गरेको थियो भनेर उसको दाह संस्कार गर्न दिइएन । हप्तौँ हप्ता एम्बेसीमा धाउँदा धाउँदा बल्ल तल्ल उसलाई ७/८ माइल टाढा जङ्गलमा गाड्ने अनुमति दिइयो । त्यस्तै इरानको राजधानी तेरहानको एक जना हिन्दू धर्म मान्ने भारतीय नागरिक राजीव गान्धीको प्रधानमन्त्रित्व कालमा एयरपोर्टबाट निधारमा टिका र हातमा श्रीमद्भागवद्गीता लिएर जाँदा यो पवित्र इस्लामिक राज्यमा बर्जित छ, यो क्राइम हो भन्दै सिधै जेलमा हालियो र राजीव गान्धीलाई त्यो व्यक्तिलाई छुटाउनको लागि ३ महिना लाग्यो । यदि यस प्रकारको केसमा कुनै नेपाली परेको भए उसको इहलिला नै त्यही समाप्त हुन्थ्यो होला किनकि नेपालले भनेको र यहाँका नेताहरुले भनेको कसले कति सुन्लान् ? यो कुनै कपोकल्पित कहानी होइन, अहिले पनि यसको बारेमा बुझ्न चाहनु भयो भने मौजुदा नै पाउनु हुन्छ, इतिहास मेटिदैन, यी सबै इतिहासका पानामा लिपिबद्ध भएका शाश्वत सत्य हुन् । हामीहरु विभिन्न धर्मको मौजुदीमा पनि सबैसँग मिलेर नै बसेका छौं, हामी उदार छौं त्यसको अर्थ बुद्ध नसम्झौ हामीहरु सहनशील छौं त्यसको अर्थ कायर नसम्झौ, हामीहरुले उपदेश दिन्छौं त्यसको अर्थ उदाहरण बन्न सक्दैनौँ भन्ने नसम्झौँ, हामीहरुले गल्ती सुधार्ने मौका दिन्छौं त्यसको अर्थ हाम्रै टाउकोमा टेक्न नखोजौँ ।

यदि अहिले पनि आफै तपाईंहरुले बुझ्न चाहनु भयो भने यस धर्तीको सबैभन्दा पुरानो ग्रन्थ कुन हो भन्दा ऋग्वेद हो भनेर यी ३/४ सय धर्मका धर्म गुरुहरुले नै मान्दछन् । यदि मान्दैनन् भने कुनै ग्रन्थको नाम दिनु पर्ने हुन्छ, विकल्प त चाहियो नि, त्यो के हो त ?
आजसम्म यस धर्तीमा प्रकाशित ग्रन्थहरुमा सबैका लेखक पाइन्छन् तर वेद (ऋग्, साम, यजु र अथर्व) लाई अपौरुषेय भनिएको छ । अपौरुषेय भनेको कुनै व्यक्ति वा पुरुषले लेखेन भन्ने होइन तर जसले लेख्यो उसमा कुनै पनि प्रकारको अहंकारको लेस पनि थिएन, आफ्नो नाम भन्दा पनि मानवताको लागि मार्ग दर्शनको काम होस् भन्ने कामना थियो । मृत्युको आतुरता होइन जीवनको आकांक्षा थियो, जसमा सनातन हिन्दू धर्म संस्कृतिको आयु वा भनौँ कति पुरानो भन्ने सवालमा ब्रह्म सम्बत्सर वा सृष्टि सम्बत (ब्रह्माको आयु १०० वर्ष हो र अहिले उहाँको आयु ५१ वर्ष चल्दै छ, ब्रह्माको ५१ वर्षको समय हो यो यहाँ प्रस्तुत गरिएको) अनुसार १५ नील, ५५ खरब २१ अरब, ९७ करोड २९ लाख, ४९ हजार ८२ वर्ष उल्लेख छ । धर्तीमा यति लामो इतिहास बोकेको कुनै पनि धर्म संस्कृति छैन र अन्य धर्ममा यही सनातन धर्मका विभिन्न पक्षहरुलाई लिइएको पाइन्छ । यस कुनै पनि देशलाई कङ्गाल बनाउनु छ भने वा त्यो देशलाई तहस नहस पार्नु छ भने वा त्यो देशको राष्ट्रवादलाई समाप्त गर्नुछ भने सबैभन्दा पहिले त्यो देशको धर्म संस्कृतिमाथि आक्रमण गर्नु पर्दछ । धर्म संस्कृतिको संरक्षण र संबर्द्धन बिना देशलाई आत्म निर्भर बनाउँछु भनी लागि पर्नु भनेको symtom (लक्षणहरु) सित लड्नु मात्रै हो । 

सम्बन्धित समाचार