7.8k
Shares
काठमाण्डौ – आज कोशी र गण्डकी प्रदेशको पहाडी एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा मौसम आंशिक बदली तथा बाँकी भागमा मौसम मूख्यतया सफा रहने अनुमान छ । कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भागका एक/दुई ठाउँमा छिटपुट वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली तथा बाँकी भागमा मौसम सफा रहने अनुमान छ ।