'पाटन स्टे डट कम' वेबसाइट सञ्चालनमा

4.5k Shares

काठमाण्डाै – पर्यटकहरूका लागि बासस्थान, चाडपर्व र सांस्कृतिक जानकारीहरू उपलब्ध गराउने उद्देश्यले ‘पाटन स्टे डक कम’ वेबसाइट सञ्चालनमा आएको छ ।

पाटन स्टे एसोसिएसनले शुभ दीपावली, नेपाल संवत् ११४६ तथा छठ पर्वको अवसरमा आज पाटनको होटल गुडविलमा शुभकामना आदानप्रदान र परिचयात्मक कार्यक्रम आयोजना गर्दै वेबसाइटबारे जानकारी गराएको हो ।

एसोसिएसनका अध्यक्ष प्रकाश राजभण्डारीले पर्यटकहरूका लागि बासस्थान, चाडपर्व र सांस्कृतिक जानकारीहरू उपलब्ध गराउने उद्देश्यले पाटन स्टे डट कम वेबसाइट सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो ।

पाटन सङ्ग्रहालयका सूचना अधिकृत सुरेशमान लाखेले डिजिटल प्रविधिको माध्यमबाट पाटनको इतिहास, संस्कृति र सम्पदाको जानकारी पर्यटकसम्म पुर्‍याउन सकिने धारणा राख्नुभयो ।

यस्तै कार्यक्रममा ललितपुर–१६ का अध्यक्ष निर्मलरत्न शाक्य र वडा नम्बर ६ का अध्यक्ष रूपेन्द्रराज शाक्यले पाटन स्टे एसोसिएसनसँग सहकार्य गर्दै जाने प्रतिबद्धता जनाउनुभएको छ ।

पाटन पर्यटन विकास सङ्गठनका अध्यक्ष तथा ललितपुर महानगरपालिकाका पर्यटन सल्लाहकार दिलेन्द्रराज श्रेष्ठले ललितपुरमा पर्यटनको दीर्घकालीन योजना बनाउन र प्रभावकारी नीति ल्याउन महानगरले ललितपुर पर्यटन बोर्ड गठन गर्न आवश्यक भएको बताउनुभयो ।

सम्बन्धित समाचार