5.1k
Shares
काठमाण्डौ – यतिबेला काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँको मौसम सफा छ । काठमाण्डौमा बिहानैदेखि पारिलो घाम लागेको छ । सबै प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना छ । अहिले देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको महाशाखाले जनाएको छ ।