स्वदेश फर्कियो सिरिज विजेता महिला क्रिकेट टोली

4.5k Shares

काठमाडौँ, असोज २४ गते । मलेसियाविरुद्ध अन्तर्राष्ट्रिय टी–२० सिरिज जितेको नेपाली महिला क्रिकेट टोली बिहीबार राति स्वदेश फर्किएको छ ।

महिला टोलीलाई त्रिभुवन विमान स्थनमा नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस ख्डका लगायत पदाधिकारीले स्वागत गर्नुभएको थियो ।

नेपालले घरेलु टोली मलेसियाविरुद्ध पाँच खेलको सिरिज ३–२ ले जितेको हो । बुधबार भएको सिरिजको अन्तिम तथा पाँचौँ खेलमा नेपालले मलेसियालाई पाँच विकेटले हराउँदै उपाधि जितेको थियो ।

यसअघिका चार खेलमा नेपालले दुई खेल समान ६ विकेटले जितेको थियो भने मलेपिसयाले नेपाललाई तीन र १३ रनले हराएको थियो । 

सम्बन्धित समाचार