लिङ्देनले के गर्लान् ?

15.7k Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा राजेन्द्र लिङ्देनको जीत सामान्य घटना होइन भन्ने पुष्टि हुँदै गएको छ । कमल थापा जस्ता राजनीतिका हस्तीलाई लिङ्देनले जित्नुमा ठूलै शक्तिको साथ रहेको खुल्दै गएको छ । लिङ्देनले नेपाली काँग्रेसको महाधिवेशनको उद्घाटनमा नेताहरुलाई जनताले चोर भन्छन् भनेर चुनौती दिए । शेरबहादुर देउवा, केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल जस्ता पूर्वप्रधानमन्त्री उपस्थित भएको बेला उनले यसो बोलेका थिए । उनले कस्को आँडमा यसो बोले ? चासोको विषय बनेकै थियो । अहिले लिङ्देन गृहजिल्ला झापाबाट पार्टी संगठन विस्तारमा लागेका छन् । देशभरका जिल्लाबाट हजारौंलाई पार्टी प्रवेश गराउने अभियान थालेका छन् । झापामा शनिबार सयौंलाई राप्रपामा प्रवेश गराएको दाबी गरेका छन् । विशेषगरी तराईका जिल्लामा लिङ्देनले प्रभाव बढाउने रणनीति बनाएका छन् । पूर्वी पहाडमा पनि राप्रपाको पुरानो संगठन ब्युँताउने उनको तयारी देखिन्छ । काठमाडौं उपत्यकामा पनि राप्रपा कार्यकर्ता एक हुन थालेका छन् । यसले आगामी चुनावमा ठूलो असर पर्ने देखिएको छ । लिङ्देनको प्रभावले काँग्रेसको राजनीतिमा ठूलो असर पर्ने घटना विकास हुँदै गएको छ । 

सम्बन्धित समाचार