सुनकोशी नदीमा पुल नहुँदा यात्रुहरूलाई सास्ती

6.9k Shares

काठमाण्डाै – सुनकोशी नदीमा पुल नहुँदा यात्रुहरूलाई सास्ती भएको छ । काठमाण्डौ लगायत तराईका विभिन्न ठाउँबाट उदयपुरको गाईघाट हुँदै सगरमाथा मार्ग भएर खोटाङ जाने यात्रु यात्राले सबैभन्दा बढी सास्ती खेप्नु परेको छ । गाईघाट दिक्तेल सडकखण्डअन्तर्गत सुनकोशीमा पुल नहुँदा दसैँको समयमा सिद्धिचरण मार्ग हुँदै ओखलढुङ्गाको लामो यात्रा गरेर खोटाङ जानुपर्ने बाध्यता रहेको छ ।

गएको वर्षको असोजमा आएको बाढीले पुल भत्काएको थियो । त्यसको आठ महिनाअघि जडान गरिएको बेलिब्रिज समेत खोलिएपछि दसैँको समयमा पहाडी क्षेत्र खोटाङ जाने यात्रुले महँगो भाडा तिरेर लामो घुम्ती सडकमार्ग भएर जानुपर्ने बाध्यता रहेको यात्रुहरू गुनासो गरेका छन् । अहिले सिद्धिचरण मार्गअन्तर्गत ओखलढुङ्गा भएर वा सुनसरीको धरानबाट धनकुटा हुँदै भोजपुर घोडेटार भएर टेम्के मैयुङ भएर खोटाङ पुग्न बाध्य हुन परेको छ ।

सम्बन्धित समाचार