सुनको भाउ आज यथावत्

5.8k Shares

काठमाण्डौ – सुनको भाउ आज घटबढ भएको छैन । सुन हिजोको जस्तै आज तोलाको दुई लाख १४ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुनको यो भाउ अहिलेसम्मकै उच्च हो ।

त्यस्तै आज चाँदीको भाउ घटेको छ । चाँदी १० रुपैयाँले घटेर तोलाको दुई हजार पाँच सय पाँच रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार पाँच सय १५ रुपैयाँ थियो । 

सम्बन्धित समाचार