प्रधानमन्त्री ओलीको घर पूरै ध्वस्त (तस्बिरहरू)

8k Shares

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीको भक्तपुर (बालकोट) स्थित निवास प्रदर्शनकारीले जलाएर ध्वस्त बनाइदिएका छन् ।

प्रधानमन्त्री ओलीको निवासमा आक्रमण गर्न पुगेका प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाएपछि आक्रोशित भीडले निवास जलाएर ध्वस्त बनाइदिएको हो ।

ओलीका दुवै घरसहित छिमेकीको एउटा घर पनि ध्वस्त भएको छ । प्रहरीले चलाएको गोली लागेर तीनजना प्रदर्शनकारी घाइते भएका छन् ।

प्रदर्शनकारीले आगो लगाएपछि बालकोट निवासबाट धुवाँको ठूलो मुस्लो निस्किएको छ। त्यहाँको अवस्था नियन्त्रणबाहिर गइसकेको छ।IMG_20250909_141810.jpgIMG_20250909_141830.jpgIMG_20250909_141846.jpg

सम्बन्धित समाचार